×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जम्मु-काश्‍मीर : जिल्लास्तरीय अन्तर-क्षेत्र भलिबल प्रतियोगिता कुलगाममा सुरु

PRIME CA

जम्मु-काश्‍मीर : जिल्लास्तरीय अन्तर-क्षेत्र भलिबल प्रतियोगिता कुलगाममा सुरु

८ आश्विन २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । भारतीय संघ शासित प्रदेश जम्मु-काश्मीरमा खेलकुद गतिविधिलाई प्रोत्साहित गर्न जिल्ला विकास आयुक्त (डीडीसी) कुलगाम सहर, शोकत आइजाज भटले खेलकुद स्टेडियममा जिल्ला स्तरीय अन्तर-क्षेत्र भलिबल प्रतियोगिताको उद्घाटन गरेका छन् । 
उक्त कार्यक्रम जिल्ला युवा सेवा र खेलकुद विभाग द्वारा आयोजना गरिएको हो । यस अवसरमा भटले जम्मु काश्‍मीरका सन्तानसँग राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रदर्शन गर्ने विशाल प्रतिभा र क्षमता रहेको बताए । डीडीसीले खेलाडीहरूसँग छलफल गर्दै कुनै पनि खेलकुदमा प्रशिक्षण लिन चाहनेहरुलाई पूर्णरुपमा प्रशिक्षण दिने पनि प्रतिबद्धता व्यक्त गरेको छ । 
उनले खेल गतिविधिहरूले युवाको सामाजिक र मानसिक विकासमा ठूलो असर पार्ने र खेलहरूले खेलकुद गुण, टिम वर्क र अनुशासन सिकाउने भएकोले बालबालिकालाई खेलकुदमा प्रोत्साहित गर्नुपर्ने बताए । 
डीडीसीले सम्बन्धित र सहभागीहरूलाई कोरोना भाइरस महामारीको दृष्टिकोणले प्रशासन र स्वास्थ्य विभागले जारी गरेका निर्देशनहरु पालना गर्नसमेत आग्रह गरेका छन् । कार्यक्रममा जिल्ला युवा सेवा तथा खेलकुद अधिकारी र जिल्ला युवा सेवा तथा खेलकुद कार्यालयका अन्य कर्मचारी सदस्यहरू उपस्थित थिए । -पब्लिक न्युज एजेन्सी
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: