×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जम्‍मु-काश्‍मीरमा लगानी गर्न पीएचडी चैम्बरद्वारा विश्वभरका लगानीकर्तालाई आग्रह

PRIME CA

जम्‍मु-काश्‍मीरमा लगानी गर्न पीएचडी चैम्बरद्वारा विश्वभरका लगानीकर्तालाई आग्रह

२९ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । जम्मु काश्‍मीरको विशेषाधिकार दिइएको धारा ३७० खारेज भएसँगै यहाँको व्यवस्थामा सुधार आएको छ । जम्मु काश्‍मीरमा शान्ति तथा स्थायीत्व कायम भएपछि पीएचडी च्याम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (काश्मीर चेप्टर) का अध्यक्ष बलदेव सिंह रैनाले विश्वका लगानीकर्ताहरुलाई आएर युनियनमा लगानी गर्न अपील गरेका छन् । 
ग्लासगोस्थित पाकिस्तान प्रशासित काश्‍मीरकाका नेता अमजद अयूब मिर्जासँग कुराकानी गर्दै रैनाले जम्मु कश्मीरका विकास परियोजनाहरू कसरी गत एक वर्षदेखि तीव्र गतिमा भइरहेको छ भन्‍ने विषयमा बताएका छन् । केन्द्र शासित प्रदेशको अर्थतन्त्र वृद्धि गर्ने उपायहरूको समेत उल्लेख गरेका छन् ।
“अहिले र एक वर्षअघि एक भिन्‍नता रहेको छ । पहिले, कुनै पनि व्यक्ति जम्मू कश्मीर आउनुभन्दा पहिले दुई पटक सोच्‍ने गर्थे । अब, विश्वभरका लगानीकर्ताहरूले यहाँ आउने अवसर पाएका छन् । म उहाँहरुलाई आग्रह गर्दछु । जम्मु कश्मीर आएर अर्थव्यवस्था वृद्धि गर्नका लागि उहाँहरुले व्यवसाय र परियोजनाहरू स्थापना गर्नसक्नु हुन्छ,” रैनाले भने ।
उनले जम्मु कश्मीरका उपराज्यपाल (एलजी) को नीति प्रत्येक क्षेत्रका लागि विकास, शिक्षा, बागवानी र पशुपालनका लागि तयार छ । “काश्मिरमा करीव ३०-४० लाख युवाहरु बेरोजगार छन् । यहाँ लगानी नभएको खण्डमा उनीहरूले कसरी रोजगारी पाउने छन् ? हामी चाहन्छौं कि ठूला उद्योगहरू यहाँ स्थापना गरिनुपर्दछ र रोजगारी सिर्जना हुन्छन्,” रैना भन्छन् ।
उनले हालसालै संघ शासित प्रदेशमा कुटिर र साना-साना उद्योगहरूलाई पुनरुत्थान र सुदृढ पार्नुपर्ने आवश्यकताका बारे एलजी मनोज सिन्हालाई बताए । “काश्मिरी महिलाहरू आफ्नै घरमा शलहरू बनाउँछन् । यी उद्योगहरू पहिले कुनै समयमा शीर्ष स्थानमा थिए । प्रधानमन्त्री नरेन्द्र मोदीको सपना हो कि हरेक घर एक उद्योग हुनुपर्दछ । यस सन्दर्भमा हामीले एलजीलाई भेट्यौं । र यी उद्योगहरूलाई पुनर्जीवित गर्न विभिन्न उपायहरूको सुझाव दिए,” रैनाले भने ।
उनले जम्मु र कश्मीरमा केन्द्र शासित प्रदेशमा व्यापारको क्षेत्र फस्टाउन सक्छ र आयआर्जन गर्न सकिनेमा जोड दिएका छन् । जम्मु र काश्मिरमा कनेक्टिभिटीलाई सुदृढ पार्ने कुरा गर्दै रैनाले केन्द्र शासित प्रदेशमा दैनिक १५० वटा उडान हुने र १० देशहरूसँग प्रत्यक्ष सम्पर्क हुने सुझाव दिएका छन् । -पब्लिक न्युज एजेन्सी
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: