
काठमाडौँ । कट्टरपन्थी इस्लामिक प्रचारक जाकिर नाइकका स्वामित्वमा रहेको पीस टिभी र पीस टिभी उर्दू- टेलिभिजन च्यानलहरूलाई बेलायतको मिडिया वाचले ३ लाख पाउन्ड जरिवाना गरेको छ । सो च्यानलहरूबाट घृणा, हिंसा र आतंकवादलाई उक्साउने सामाग्री प्रसारण हुने आरोपमा जरिवाना लगाईएको छ । पीस टिभीको होल्डिङ कम्पनी लर्ड कम्युनिकेसनलाई १ लाख पाउण्ड जरिवाना गरिएको छ भने पीस टिभी उर्दूको होल्डिङ कम्पनी क्लब टिभीलाई २ लाख पाउण्ड जरिवाना गरिएको छ ।
बेलायती वाच डगको एक विज्ञप्तिमा भनिएको छ, “आज हाम्रो प्रसारण नियम तोड्दा पिस टिभी उर्दूका इजाजत पत्र धारकलाई २ लाख पाउन्ड र पीस टिभीको इजाजत पत्र धारकलाई १ लाख पाउन्ड जरिवाना गरेको छ।” बिज्ञप्तिमा थप भनिएको छ, “हाम्रो अनुसन्धानले पीस टिभी उर्दू र पीस टिभीमा प्रसारण गरिएको कार्यक्रमहरूमा घृणायुक्त बोली र अत्यधिक आपत्तिजनक सामग्री प्रसारण भइरहेको छ जसले हिंसा र अपराध उक्साउने सम्भावना थियो।”
भारतमा उनी विरुद्ध घृणा फैलाएको आरोप लागेको छ म सो च्यानलहरूबाट घृणा फैलाएको आरोपमा मुद्दा लागेदेखी नाइक भारतबाट फरार छन् । नाइकले २०१६ मा मुस्लिम बहुल देश मलेशियामा शरण लिएका थिए । त्यसबेलादेखि उनी त्यहाँ बसोबास गरिरहेका छन् । भारतले उनको प्रत्यर्पणको लागि क्वालालम्पुरलाई दबाब दिदै आएको छ ।
मोदी सरकारले जाकिर नाईकको प्रत्यर्पण गर्न मलेसियालाई औपचारिक अनुरोध पनि पठाईसकेको छ । नाइक एशियामा इस्लामी कट्टरपन्थीकरणको लागि जिम्मेवार मानिन्छ । धेरै जसो कट्टरपन्थीकरण ईण्डोनेशियालगायत दक्षिण-पूर्वी एशियामा भइरहेको छ । श्रीलंकामा इस्टर बम बिष्फोटनको मास्टर माइन्ड पनि जाकिर नाईकको भाषणबाट प्रेरित थिए । -पब्लिक न्युज एजेन्सी
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्