×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ज्योति विकास बैंकको सामाजिक कार्य : तिलगंगा अस्पताललाई २ लाख बराबरको आर्थिक सहयोग

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

ज्योति विकास बैंकको सामाजिक कार्य : तिलगंगा अस्पताललाई २ लाख बराबरको आर्थिक सहयोग

७ आश्विन २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । ज्योति विकास बैंकले तिलगंगा आँखा अस्पताललाई कोरोना र आँखाबीचको सम्बन्धमा अनुसन्धानको लागि सहयोग गरेको छ । तिलगंगा आँखा प्रतिष्ठान अन्तर्गतको अनुसन्धान विभागले गर्दै आएको डिटेक्सन अफ सार्स कोभ २ को लागि बैंकले सामाजिक उत्तरदायित्वको लागि स्थापित हाम्रो विकास प्रवर्द्धन कोषमार्फत दुुई लाख बराबरको आर्थिक सहयोग गरेको हो । 
ज्योति विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र भट्ट र तिलगंगा आँखा प्रतिष्ठानको तर्फबाट अनुसन्धान विभागका निर्देशक डा. सुमन थापाले सहकार्य सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
आँखा प्रतिष्ठान अन्तर्गतको अनुसन्धान विभागले डा.सन्दुक रुईतको संयोजकत्वमा गरिरहेको उक्त अनुसन्धानमा कोरोना भाइरस र आँखाबीचको सम्बन्धको अध्ययन भइरहेको छ । नेपालमा यस किसिमको अनुसन्धान पहिलो पटक भइरहेको अनुसन्धान विभागले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: