×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ज्योती लाईफ ईन्स्योरेन्सको बोनस दर निर्धारण, हेर्नुस् कसले कति पाउछन् ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

ज्योती लाईफ ईन्स्योरेन्सको बोनस दर निर्धारण, हेर्नुस् कसले कति पाउछन् ?

१६ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । ज्योती लाईफ ईन्स्योरेन्सले बोनस दर निर्धारण गरेको छ । कम्पनीले असार मसान्तसम्ममा जारी भएका मुनाफामा सरिक हुने बीमालेखहरुको बोनस दर निर्धारण गरेको हो ।
कम्पनीले निर्धारण गरेको बोनस दर बीमालेख अनुसारको दाबीहरुमा तथा चालु बीमालेखहरुमा लागु हुनेछ । साथै, अर्को बीमाङ्कीय प्रतिवेदन अनुसार बीमा समितिबाट अर्को व्यवस्था नभएसम्म सोही अनुसारको बोनस दर कायम गरिने पनि कम्पनीले जानकारी दिएकाे छ ।
कम्पनीले बोनस दर प्रतिहजार न्युनतम रुपैयाँ ४३ देखि ७५ रुपैयाँसम्म घोषणा गरेको छ । कम्पनीले सावधिक जीवन बीमालेखका लागि ९ वर्षसम्म अवधिको ४३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ४५ रुपैयाँ , १५ देखि १९ वर्ष अवधिको लागि ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५५ रुपैयाँ र २५ वा सोभन्दा माथि वर्षको सावधिक जीवन बीमालेखका लागि ७५ रुपैयाँ बोनश दर तोकेको छ ।
साथै कम्पनीले सावधिक तथा आजीवन जीवन बीमालेखका लागि ९ वर्ष सम्म अवधिको ४३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ४५ रुपैयाँ , १५ देखि १९ वर्ष अवधिको ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५५ रुपैयाँ र २५ वा सोभन्दा माथि वर्ष अवधिको बीमालेखमा ७५ रुपैयाँ बोनश दर तोकेको छ ।
त्यस्तै अग्रिम भुक्तानी जीवन बीमालेखका लागि १० देखि १४ वर्ष अवधिको ४३ रुपैयाँ , १५ देखि १९ वर्ष अवधिको बीमालेखमा ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको बीमालेखका लागि ५० रुपैयाँ बोनश दर तोकेको कम्पनीले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: