×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उपत्यकाबासीलाई खुसीको खबर, भोलिबाट उपत्यकामा यातायात र व्यापार दुवै खुल्ने

PRIME CA

उपत्यकाबासीलाई खुसीको खबर, भोलिबाट उपत्यकामा यातायात र व्यापार दुवै खुल्ने

अर्थ सरोकार

२४ भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । उपत्यकाबासीको लागि खुसीको खबर आएको छ ।  भदौ ३ गतेदेखि काठमाडौं उपत्यकामा लागू गरिएको निषेधाज्ञा खुकुलो गर्दै बिहीवारबाट यातायात र व्यापार/व्यवसाय क्षेत्रका लागि खुल्ला गर्ने भएको छ ।
काठमाडौंका उपत्यकाका तीनओटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु सम्बन्धित क्षेत्रका पदाधिकारीसँगको परामर्शपछि सार्वजनिक र निजी यातायातमा जोरबिजोर लागू गर्ने र व्यापार/व्यवसायलाई शर्तसहित खोल्न दिने निर्णय भएको हो ।
 अन्य क्षेत्रका लागि भने भदौ ३१ गतेसम्म निषेधाज्ञा जारी रहने छ । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले आधिकारिक निर्णय सार्वजनिक गर्ने तयारी गरिररहेका छन् ।
व्यापार व्यवसाय खोल्न दिने शर्तहरुबारे औपचारिक निर्णयमा विस्तृतमा खुलाइने छ । निषेधाज्ञा खुकुलो गरे पनि काठमाडौं उपत्यका प्रवेश गर्ने सवारीसाधनहरुका लागि भने यसअघि कै कडा प्रावधान कायम गरिने प्रजिअ दाहालले जानकारी दिए ।
यस्तै शैक्षिक संस्था, फिल्म हल र जिमखाना लगायत यसअघि बन्द गरिएका क्षेत्रलाई पनि पहिलाकै ब्यवस्था कायम गरिएको छ । उपत्यकाका तीनै जिल्ला प्रशासनले लगाएको निषेधाज्ञाको अवधि बुधबार मध्यरातसम्म रहेको छ । यसअघि आजै साँझ नयाँ ब्यवस्थासहितको आदेश जारी गरिनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: