×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खाद्य–व्यापार कम्पनीले दशैंका लागि ३ हजार खसी र च्याङ्ग्रा खरिद गर्ने, सुपथ मूल्य पसल पनि सञ्चालन गरिने (भिडियो)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

खाद्य–व्यापार कम्पनीले दशैंका लागि ३ हजार खसी र च्याङ्ग्रा खरिद गर्ने, सुपथ मूल्य पसल पनि सञ्चालन गरिने (भिडियो)

६ आश्विन २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले दशैलाई लक्षित गर्दै यो वर्ष ३ हजार खसी र च्याङ्ग्रा खरिद गर्ने भएको छ । हरेक वर्ष खसी बोका किनेर सर्वसुलभ रुपमा बिक्री गर्दै आएको संस्थानले यो वर्ष ३ हजार खसी/बोका र च्याङ्ग्रा खरिद गर्ने भएको हो । 
संस्थानले १४ सय च्याङ्ग्रा र १६ सय खसी/बोका खरिद गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेडका योजना विभाग प्रमुख सर्मिला सुवेदीले बताउनुभयो । कति संख्यामा खरिद गर्ने भन्ने एकिन भएपनि कुन ठाउँबाट किनेर ल्याउने भन्ने विषयमा गृहकार्य भइरहेको उहाँले बताउनुभयो ।
संस्थानले विगत वर्षहरु जस्तै यो वर्षपनि चामल, दाल, तेल जस्ता खाद्यवस्तु पनि बिक्री गर्ने भएको छ । यस्तै सहुलियत मूल्य पसल पनि सञ्चालन गर्ने उहाँले बताउनभुयो । एकिकृत रुपमा र आफ्नै आउटलेटबाट सुपथ मूल्यमा बढी भन्दा बढी स्थानमा सुपथ मुल्य सपल सञ्चालन गरिने उहाँले बताउनुभयो । संस्थानले हरेक वर्ष दशैं, तिहार र छठलाई मध्यनजर गर्दै सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । 
खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले विगत वर्षहरुमा दाङ, तुलसीपुर, हेटौंडा र नेपालगञ्जलगायतका स्थानबाट खसी बोका ल्याउने गरेको छ । च्याङ्ग्रा भने मुस्ताङबाट ल्याउने गरेको छ । यस पटक खाद्यले खसी बोका खरिदका लागि अनुमानित ५ करोड ९९ लाख ८६ हजार रुपैयाँ बजेट छुट्याएको छ । गत वर्ष सोही परिमाणको खसी–बोका तथा च्याङ्ग्राका लागि कम्पनीले कुल ५ करोड ९८ लाख ८२ हजार रुपैयाँ बजेट छुट्याएको थियो । हेर्नुहोस् भिडियो :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: