
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । खल्ती डिजिटल वालेट प्रयोग गर्ने ग्राहकले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट खरिद गरेको खाध्यान्न लगायतका सामाग्रीको मोवाइल वालेटबाटै भुक्तानी गर्न सक्ने भएका छन् ।
ग्राहकले कम्पनीको नेपालफुड डटकम जिओभी डट एनपी वेवसाइटमा गएर आफूलाइ आवश्यक सामग्री किनमेल गरिसकेपछि भुक्तानी गर्ने बेला खल्ती विकल्प छनौट गर्नुपर्ने छ । त्यसपछि मोवाइल वालेटबाटै भुक्तानी गर्न सकिने छ ।
खाद्य ब्यवस्था तथा ब्यापार कम्पनीले चामल, दाल, कर्णालीको सिमी, गेडागुडी, दूग्ध विकास संस्थानको घ्यु, स्यानिटाइजर, इन्डक्सन चुलोलगायतका सामग्री विक्री गर्दै आएको छ । कम्पनीले अनलाइनमा अर्डर लिएर काठमाडौं उपत्यकामा चक्रपथ भित्र होम डेलिभरी समेत दिँदै आएको छ ।
खल्ती डिजिटल वालेट नेपालको लोकप्रिय पेमेन्ट गेटवे हो । खल्ती वालेटको प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ गर्ने, ई–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ । खल्तीका प्रयोगकर्ताहरुको संख्या १३ लाखभन्दा बढि छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्