
- अर्थ सरोकार सम्बाददाता
कैलाली । किसान बहुउद्देश्यीय सहकारी संस्थाले मृतक सदस्यको परिवारलाई राहत वितरण गरेको छ । संस्थामा आवद्ध भई नियमित कारोबार गर्ने घोडाघोडी न.पा वडा नं १ जनकपुर निवासी स्वर्णिमा चौधरीको परिवारलाई राहात वितरण गरिएको हो ।
साईकलमा सवार चौधरीको गत जेठ २७ गते सडक दुर्घट्नामा परि निधन भएको थियो । संस्थाले मृतक चौधरीका श्रीमान आकाश चौधरीलाई सोमबार आयोजित श्रद्धाञ्जली सभामा ४ लाख १ हजार ८२९ रुपैयाँ नगद वितरण गरेको छ । राहत रकम वितरण गर्दै घोडाघोडी न.पा. का नगर प्रमुख एवंम् श्रदाञ्जली सभाका प्रमुख अतिथी ममता प्रसाद चौधरीले किसान बहुउद्देश्यीय सहकारी संस्थाले वित्तीय गतिबिधी मात्र नभएर समुदाय र सदस्यहरुको सुरक्षणमा प्रशंसनिय कार्य गर्दै आईरहेको बताए ।
कार्यक्रममा बोल्दै श्रदाञ्जली सभाका सभापती तथा किसान बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुरेन्द्र कुमार शाहले संस्थाले सामाजिक उत्तरदायीत्व वहन गर्दै सहकारीताको माध्यमबाट आफ्ना हरेक सदस्यको आयस्तर बृद्धिको साथै सदस्यको संरक्षण समेत गर्ने लक्ष्य रहेको बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्