×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लुम्बिनी विकास बैंक र सेन्ट्रल डाइगोनेष्टिक ल्याबोरेटोरीबीच सम्झौता, बैंकका ग्राहकलाई पिसिआर परीक्षणमा विशेष छुट

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

लुम्बिनी विकास बैंक र सेन्ट्रल डाइगोनेष्टिक ल्याबोरेटोरीबीच सम्झौता, बैंकका ग्राहकलाई पिसिआर परीक्षणमा विशेष छुट

२२ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । लुम्बिनी विकास बैंक र सेन्ट्रल डाइगोनेष्टिक ल्याबोरेटोरी कमलपोखरी, काठमाडौँबीच सम्झौता भएको छ । 
सम्झौता अनुसार बैंकका कर्मचारी एवम् निजका आक्षित परिवार सदस्यहरु, डेबिट कार्ड बाहक तथा बैंकका मोबाइल बैकिङ्ग प्रयोगकर्ता साथै निक्षेपकर्ता र ऋणीहरुलाई नोबेल कोरोना भाइरस जाँचको लागी पिसीआर परीक्षण तथा सामान्य प्याथोलोजी परीक्षण सुविधाहरुमा १०% देखि २५% सम्म छुट प्रदान गर्ने सम्झौता गरेको छ । 
उक्त सुविधा ल्याबोरेटोरीको कमलपोखरी, काठमाडौ स्थित मुख्य कार्यालय तथा बीरगञ्जमा अवस्थित शाखा कार्यालय नारायणी सेन्ट्रल ल्याबबाट समेत प्राप्त गर्न सकिने छ ।
उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र ल्याबोरेटोरीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उमेशप्रसाद गुप्ताले हस्ताक्षर गरेका हुन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: