- अर्थ सरोकार सम्बाददाता
काठमाडाैं । महालक्ष्मी विकास बैंकले शुक्रबारदेखि सिराहा जिल्लामा नयाँ शाखा कार्यालय विस्तार गरी बैकिङ्ग कारोबार सञ्चालनमा ल्याएको छ । बैंकले गोलबजार नगरपालिका वडा नम्बर ४, गोलबजारमा नयाँ शाखा कार्यालय विस्तार गरेकाे हाे ।
उक्त शाखा कार्यालय सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयहरुको संख्या १०३ पुगेको छ । बैंकले १०३ वटा शाखाबाट करिब ५ लाख भन्दा बढी ग्राहकहरु माझ बैकिङ सेवा उपलब्ध गराउदै आइरहेको छ ।