×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धेरैपछि मुस्कुराए ‘मजदुर’, भन्छन्- “राम्रो कमाई भए मिठो पनि खान्छौँ…”

अर्थ सरोकार

प्रकाशित मिति : २१ भाद्र २०७७, आईतवार

PRIME CA

धेरैपछि मुस्कुराए ‘मजदुर’, भन्छन्- “राम्रो कमाई भए मिठो पनि खान्छौँ…”

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 
धनगढी । कोरोना भाइरस (कोभिड १९) का कारण कष्ठकर बनेको धनगढीको जनजिवन फेरी केही सामान्यतिर धकेलिदै छ । लामो समयदेखी बन्दाबन्दीको मारमा परेका मजदुरवर्ग यतिबेला मजदुरी गर्न पाएपछि निकै व्यस्त देखिएका छन् ।
कोभिड १९ को संक्रमण फैलिदै गएपछि गत चैत्र ११ गते देशव्यापी रुपमा लकडाउन गरिएको थियो । उक्त समयको लामो लकडाउनका कारण दैनिकी चलाउनै मुस्किलमा परेका मजदुर लकडाउनको अन्त्य भएसँगै समान्य जनजिवनतिर फर्किएका थिए । संक्रमणको दर फेरी बढ्न थालेपछि कैलालीमा जारी गरिएको निषेधाज्ञामा थुप्रै मजदुरी गरेर जिवनयापन गर्ने वर्ग समस्यामा परेका छन् । तर प्रशासनले निषेधाज्ञा खुकुलो बनाएर व्यापार गर्ने वातावरण खोलिदिएपछि दैनिकीबाट जिवन चलाउने मजदुरवर्ग खुसी भएका छन् ।
धनगढीमा लामो समयदेखी मजदुरी गर्दै आएका चन्द्रदेव सुनारले काम गर्न पाएकोमा खुसी व्यक्त गरे । उनले भने, ‘हामी मजदुरी गरेर दैनिकी चलाउनेको यो बन्दाबन्दीले ढाड सेकिएको थियो तर काम गर्न पाएपछि खुसी छौँ ।’ त्यस्तै विगत ४ वर्षदेखी धनगढीमा जुत्ता सिलाउने काम गर्दै आएका कुलमान सेट्ठीले धेरैपछि मुक्सुराउन पाएको बताएका छन् । उनले भने, ‘राम्रो कमाई भयो भने मिठो पनि खानेछौँ ।’ 
कोरोना भाइरस (कोभिड १९) का कारण विषेश गरि दैनिक रुपमा मजदुरी गरेर परिवार चलाउदै आएका वर्गहरु समस्यामा परेका छन् । देश संघियता मा गएपछि गाउँगाउँमा सिंहदरबारको नारा लगाइएको भएतापनि आफुहरुको समस्यामा सरकारको भुमिका नदेखिएको उनिहरु बताउँछन् । अहिले निषेधाज्ञा खुकुलो पारेसँगै सहज महशुस गरेको बताउँदे उनिहरुले अव भने जनजिवन केहि सामान्य बन्ने भन्ने कुरामा आशावादी भएको बताएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: