×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेकपाको सचिवालय बैठक : मन्त्रिमण्डल पुर्नगठन गर्ने निर्णय, केन्द्रीय सदस्यहरूलाई तलब दिईने ! (भिडियो रिपोर्ट)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नेकपाको सचिवालय बैठक : मन्त्रिमण्डल पुर्नगठन गर्ने निर्णय, केन्द्रीय सदस्यहरूलाई तलब दिईने ! (भिडियो रिपोर्ट)

४ आश्विन २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले मन्त्रिमण्डल पुर्नगठन गर्ने निर्णय गरेको छ । नेकपाको पेरिसडाँडास्थित कार्यालयमा बसेको सचिवालय बैठकले मन्त्रिमण्डल पुर्नगठन गर्ने निर्णय गरेको हो । स्थायी कमिटी बैठकको निर्णय अनुसार मन्त्रिमण्डल पुनर्गठनका सन्दर्भमा आजको सचिवालयमा छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । 
पुनर्गठनको मापदण्डका विषयमा नीतिगत सुझाव दिइएको उहाँले बताउनुभयो । मन्त्रिमण्डलमा कसलाई पठाउने भन्ने विषयमा छलफल नभएपनि आवश्यक पर्ने मापदण्डका विषयमा छलफल भएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । कसलाई पठाउने भन्ने विषयमा आवश्यकता अनुसार प्रधानमन्त्रीसँग छलफल गर्ने निष्कर्षमा सचिवालय पुगेको छ ।
यस्तै संवैधानिक आयोगमा हुने राजनीतिक नियुक्तिका विषयमा पनि सरकारलाई निर्णय गर्न सहज हुनेगरी बैठकमा छलफल भएको उहाँले बताउनुभयो । सो विषयमा निर्णय भने भएको छैन । यस्तै पार्टी एकीकरणका बाँकी कामहरु पुरा गर्ने र संगठन विभागको निर्णयमाथि छलफल गर्दै अनुमोदन गर्ने विषयमा पनि छलफल भएको छ । यस्तै स्थायी कमिटी र केन्द्रिय कमिटीमा रिक्त रहेको पदपूर्ति गर्ने, केन्द्रिय कमिटी सदस्यहरुलाई नियमित रुपमा आर्थिक सहयोग गर्ने विषयमा पनि सचिवालयमा छलफल हुने उहाँले बताउनुभयो । 
पूर्णकालिन कार्यकर्तालाई कुनै न कुनै रुपमा सहयोग गर्ने पार्टीको नीतिअनुसार कसरी अगाडी बढ्न सकिन्छ भन्ने विषयमा छलफल गरी निर्णय हुनेछ । यस्तै संघिय सांसदहरुले कोभिडको अवधिको बैठकभत्ता के गर्ने भन्ने विषयमा पनि बैठकमा छलफल हुने उहाँले बताउनुभयो । बैठक भोली १ बजेका लागि पुनः बोलाइएको छ । हेर्नुहोस् भिडियो :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: