- अर्थ सरोकार सम्बाददाता
काठमाडौं। मेगा बैंकले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा असोज १ गते बिहिबारदेखि लागु हुनेगरी नयाँ व्याजदर सार्वजनिक गरेको हो । बैंकले बचत खातामा न्युनतम ३ प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म व्याजदर कायम गरेको छ। बैंकमा २६ प्रकारको बचत खाता रहेको छ ।
यस्तै, मुद्दती खातामा व्यक्तिगततर्फ ३ महिनादेखि ६ महिनासम्मको लागि ६.२५ प्रतिशत, ६ महिनादेखि १ वर्षसम्मको लागि ६.७५ प्रतिशत र १ वर्षमाथिको लागि ८.२५ प्रतिशत ब्याजदर कायम गरेको छ । यता, संस्थागततर्फ ३ महिनादेखि ६ महिनासम्मको लागि ६ प्रतिशत, ६ महिनादेखि १ वर्षसम्मको लागि ६.५० प्रतिशत र १ वर्षमाथिको लागि ७ प्रतिशत ब्याजदर कायम गरेको छ ।