×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बीमा पोलिसी व्यवस्थापन गर्न मेटलाइफले ल्यायो ग्राहक सेवा एप

LAXMI SUNRISE BANK
GLOBAL

बीमा पोलिसी व्यवस्थापन गर्न मेटलाइफले ल्यायो ग्राहक सेवा एप

३० भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । इन्स्योरेन्स कम्पनी मेटलाइफले ग्राहक सेवा एप ल्याएको छ । बीमा सम्बन्धी सेवा र सुविधाको पहुँच बढाउन तथा विमा पोलिसी व्यवस्थापन गर्न कम्पनीले यो एप ल्याएको हो ।
सोमबार मेटलाइफ नेपालका उपाध्यक्ष तथा जनरल म्यानजर निर्मल काजी श्रेष्ठले मेटलाइफका कर्मचारीहरु र फिल्ड फोर्सहरुको उपस्थितिमा भर्चुअल कार्यक्रम मार्फत एप सार्वजनिक गरेका हुन् । 
ग्राहक सेवा एप एन्ड्रोइड तथा आईओएसमा उपलब्ध हुनेछ । एक पटक ग्राहकले लगइन गरेपछि उनीहरूले आफ्नो बीमा पोलिसीको स्थिति, कुल प्रीमियम भुक्तान गरिएको र भुक्तानी गरिएको प्रीमियम किस्ता साथै उनीहरूको पोलिसीहरूको विस्तृत प्रिमियम भुक्तान विवरण जस्ता जानकारी हेर्न सक्ने कम्पनीले जनाएको छ ।
ग्राहकहरूले एपमा साइनअप गरी प्रिमियम तिर्न बाँकी रहेका मितिहरू र पूर्ण परिपक्वता सूचनाहरू समेत प्राप्त गर्न सक्नेछन् । मेटलाइफ नेपालको एपमा सम्पर्क बिवरण र ग्राहक सहायताको लागि सोधपुछको सुविधा पनि समावेश गरिएको छ ।
नयाँ बीमा पोलिसी लिन इच्छुक ग्राहकहरूले पनि यो एपलाई प्रयोग गरी मेटलाइफका विभिन्न बीमा उत्पादनहरूका विवरणहरू हेर्न सक्नेछन साथै यदि कुनै सेवामा इच्छा भएमा आफ्नो जानकारी पेश गर्न सक्नेछन । 
उपलब्ध विवरणको आधारमा मेटलाइफका प्रतिनिधिहरुले ग्राहकहरूलाई सम्पर्क गर्नेछन् । सो एपमा प्रीमियम क्यालकुलेटर पनि समावेश गरिएको छ जसअन्तर्गत प्रयोगकर्ताहरूले उनीहरूको बीमा पोलिसी तथा योजनाहरुको सोधपुछ गर्न सक्नेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी