×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उडान खुलेपछी खुशी भए धनगढीका पर्यटन व्यवसायीहरु, भन्छन् ‘धराशायी बनेको व्यवसायले गति लिने अपेक्षा गरेका छौं’ (भिडियो)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

उडान खुलेपछी खुशी भए धनगढीका पर्यटन व्यवसायीहरु, भन्छन् ‘धराशायी बनेको व्यवसायले गति लिने अपेक्षा गरेका छौं’ (भिडियो)

६ आश्विन २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 

धनगढी । सोमबारदेखि आन्तरिक उडान सूचारु भएपछि घनगढी क्षेत्रका पर्यटन व्यवसायीहरु उत्साहित भएका छन् । हवाई सेवा सुरु भएपछि होटल व्यवसाय चलायमान हुने र पर्यटन क्षेत्रलाई फाइदा पुग्ने भन्दै व्यवसायीहरु उत्साहित भएका हुन् । हवाई उडान नियमित भएपछि होटल व्यवसाय पुरानै लयमा फर्कने आशामा रहेको व्यवसायीहरु बताउँछन् । त्यस्तै यात्रुहरुले पनि आवागमन सहज भएको बताएका छन् । 
कोरोना सङ्क्रमण रोकथामका लागी बन्द गरीएको हवाई उडान आन्तरिक रूपमा सुचारु भएवपछि सोमबार बुद्ध एयरले काठमाडौं–धनगढी उडान गरेको थियो । नियमित उडान सूचारु भएपछि धनगढी विमानस्थल हवाई यात्राका लागि आउने मानिसहरु जहाजको पर्खाइमा थिए । हवाई उडान सुचारु भएसँगै बन्दाबन्दीका कारण सडक यातायातमा चर्काेमुल्य तिरेर यात्रा गर्नुपर्ने अवस्थाको अन्त्य भएको यात्रुहरुले बताएका छन् । 
हवाई यातायात सुरु भए सँगै हुने आवत–आवतले केही राहत मिल्ने भन्दै होटेल व्यवसाय पनि उत्साहित भएका छन् । गत चैत महिना याता ठप्प रहेका होटलहरुमा यात्रुको आवागमन हुन भन्दै व्यवसायीहरू पनि आन्तरिक तयारीमा छन् । यद्यपि अन्तराष्ट्रिय नाका नखुले सम्म र गोष्ठी, सेमिनारहरू नभए सम्म व्यवसायले गति लिन नसक्ने कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर बताउनुहुन्छ ।
कोरोना कहरकै कारण सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० प्रभावित हुँदा पनि व्यवसायीहरुको लगानी डुब्ने खतरामा छ । आन्तरिक उडान सुरु भए सँगै कोरोना कहरका कारण धराशायी बनेको पर्यटन व्यवसायले अव भने क्रमिक रूपमा गति लिने अपेक्षा भएपनि चुनौति धेरै नै रहेको पर्यटन व्यवसायीहरु बताउँछन् ।
धनगढी विमानस्थलका प्रमुख तेज बुढाथापाले विमानस्थलमा सबै एयरलाइन्सले उडान सुचारु गर्ने तयारी गरिरहेको बताउनुभयो । एयरलाइन्सहरुले पुरानै भाडा दरमा यात्रु बोकिरहेकाले यात्रुहरुको आवागमनमा सहज हुने पनि उहाँले बताउनुभयो ।
कोरोना संक्रमण दर बढ्दै गइरहेको अवस्थामा विमान सुचारु भए पछि सक्रमण झन् भयावह बन्ने हो कि भन्ने आशंकामा व्यवसायीहरु अझैपनि छन् । तरपनि चैत ९ गतेदेखि बन्द रहेका आन्तरिक उडान सुरु गर्न विमानस्थल र हवाई कम्पनी तम्तयार अवस्थामा छन् । कोरोनाबाट बच्दै र बचाउँदै उडानलाई नियमित गर्ने तयारीमा एयरलाइन्सहरु छन् । विमानस्थलले पनि कोभिड १९ संक्रमण रोकथामका लागि तयार पारेको मापदण्ड पूर्ण रुपमा लागू गरिएको बताएको छ । हेर्नुहोस् भिडियो :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: