
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ। मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्ड वाहक तथा मोवाईल बैंकिङ्ग प्रयोगकर्ता ग्राहकहरुलाई डिजिटल माध्यमबाट कारोबार गर्न प्रोत्साहन गर्दै काठमाडौंमा रहेका स्वास्थ्य संग सम्बन्धित विभिन्न संस्थाहरुसंग विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।
जस अन्तर्गत, बसुन्धारामा रहेको काठमाडौँ नेचुरोपेथी अस्पताल, लाजिम्पाटमा रहेको भिजन कन्सर्न, अनामनगरमा रहेको डाक्टर अन कल, लाजिम्पाटमा रहेको सुरिया हेल्थ कियर र कमलपोखरीमा रहेको सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेटोरी रहेका छन् ।
यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई काठमाडौं नेचुरोपेथी अस्पतालकोे सम्पूर्ण उपचारमा १० प्रतिशत, भर्ना भएर बस्ने बिरामीका लागि शैयामा १० प्रतिशत, चिकित्सक परामर्श शुल्कमा १५ प्रतिशत र स्पा सम्बन्धी सम्पूर्ण सेवामा १० प्रतिशत छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ ।
त्यसै गरी, लाजिम्पाट, चाबहिल र बौद्धमा रहेको भिजन कन्सर्नका विभिन्न सेवा जस्तै, लोकल अप्टिकल सामानमा २५ प्रतिशत, कन्ट्याक्ट लेन्समा १० प्रतिशत र ब्रान्डेड अप्टिकल सामानमा ५ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
त्यसै गरी, काठमाडौें अनामनगरमा रहेको डाक्टर अन कलको विभिन्न सेवा लिदा २० प्रतिशत सम्मको छुटको व्यवस्था गरिएको छ । यस सेवा अन्तर्गत स्वास्थ्य सम्बन्धी सेवा जस्तै डाक्टर परामर्श, फिजियोथेरापी, नर्सिङ्ग कियर, औषधी डेलिभरी र अन्य ल्याबोरेटोरी सेवा घरबाटै लिन सकिने बैंकले जनाएको छ ।
त्यसै गरी, काठमाडौं लाजिम्पाटमा रहेको सुरिया हेल्थ कियरमा पनि विभिन्न डायग्नोस्टिक सम्बन्धी सेवामा १० प्रतिशत छुट र अहिले विषम परिस्थीतिलाई लक्षित गरी पिसिआर परिक्षणमा रु ४०० को विशेष छुटको व्यवस्था गरेको छ ।
त्यसै गरी, कमलपोखरीमा रहेको सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेटोरीमा पनि पिसिआर परिक्षणमा १० प्रतिशत र अन्य सेवामा १५ प्रतिशत छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ ।
यसरी विभिन्न संस्थासंग हातेमालो गर्दै कोभिढ १९ को संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ्ग कारोबार बढाउने कार्यमा उल्लेखित सम्झौताहरुले थप प्रोत्साहान गर्ने अपेक्षा बैंकले लिएको छ । साथै बैंकको ग्राहकले भिसा नेटवर्क अन्तर्गत जुन सुकै बैंकका एटिएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको समेत बैंकले जनाएको छ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्