×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नबिल चाडपर्व योजना: मुद्दति निक्षेपमा साढे ९ प्रतिशतसम्म ब्याज पाइने

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नबिल चाडपर्व योजना: मुद्दति निक्षेपमा साढे ९ प्रतिशतसम्म ब्याज पाइने

१ आश्विन २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नबिल बैंकले व्यक्तिगत मुद्दती खाता, साना तथा मझौला कर्जा, धितो कर्जा, व्यक्तिगत ओभरड्राफ्ट तथा घर कर्जामा अत्यन्त आकर्षक योजना शुरू गरेको छ ।
व्यक्तिगत मुद्दती खाताहरूमा उच्च ब्याजदर आर्जन प्रदान गर्ने र कर्जाको हकमा सोको लागत घटाउने हुनाले यस योजनाले महामारीको कारण हुने आर्थिक कठिनाइ कम गर्न मद्दत पु¥याउने बैंकले आशा गरेको छ ।
यस योजना अन्तर्गत १३ देखि २४ महिना सम्मको व्यक्तिगत मुद्दती खातामा ग्राहकहरुलाई वार्षिक ९ प्रतिशत ब्याजदर प्रदान गरिने बैंकले जनाएको छ । त्यस्तै गरी १ वर्ष सम्मको मुद्दती खातामा बैंकले ८.५ प्रतिशत ब्याजदर, २ वर्षभन्दा माथि र ५ वर्षसम्मकाे व्यक्तिगत मुद्दती खातामा वार्षिक ९.२५ प्रतिशत ब्याजदर र ५ वर्षभन्दा माथि व्यक्तिगत मुद्दती खातामा वार्षिक ९.५ प्रतिशत ब्याजदर प्रदान गर्ने बैंकले जनाएकाे छ ।
साथै बैंकले घर कर्जामा ७.४ प्रतिशत , धितो कर्जामा र व्यक्तिगत ओभरड्राफ्टमा ७.९९ प्रतिशत र साना तथा मझौला कर्जामा, एक करोड सम्मको कर्जामा ७.४९ प्रतिशत र एक करोड भन्दा माथिको कर्जामा ७.९९ प्रतिशत दिने निर्णय गरेकाे छ ।
यस योजना अन्तर्गत प्रदान गरिएका कर्जाहरुमा एक वर्षसम्म ब्याजदर परिवर्तन नहुने बैंकले जनाएकाे छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: