×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर लगानीका लागि सस्तोमा ऋण दिँदै नबिल बैंक, व्याजदर ७.७५ प्रतिशत मात्रै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सेयर लगानीका लागि सस्तोमा ऋण दिँदै नबिल बैंक, व्याजदर ७.७५ प्रतिशत मात्रै

Artha Sarokar

१२ आश्विन २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नबिल बैंकले दोश्रो बजारमा सेयर लगानीका लागि सस्तोमा ऋण दिने भएको छ । बैंकले वार्षिक ७.७५ प्रतिशतको आकर्षक ब्याजदरमा लगानीकर्ताहरुलाई सेयर कर्जा दिने भएको हाे ।
यससँगै लगानीकर्ताले नेप्सेमा कारोबार हुने सेयरहरु धितो राखी नबिल बैंकबाट ५० लाख रुपैयाँ अथवा सोभन्दा बढीको सस्तो ब्याजदरमा सजिलै सेयर धितो कर्जा पाउने भएका छन् ।
यससँगै, लगानीकर्ताले नेपाल राष्ट्र बैंकको मार्गनिर्देशन भित्र रही नबिल बैंकको जुनसुकै शाखाहरुबाट सेयर धितो कर्जा पाउन सक्ने बैंकले जानकारी गराएकाे छ ।
हाल बैंककाे ११९ शाखाहरु र १८५ एटिएम काउण्टरहरु रहेका छन् । नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेलेको छ । देशको पहिलो डिजिटल बैंक बन्ने उद्देश्यले हालै नबिल बैंकले नबिल डिजी बैंकको स्थापना गरेको हो ।
CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी