×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनसीसी बैंकको ५ लाख कित्ता संस्थापक सेयर बिक्री खुल्ला, कहिलेसम्म पाइन्छ भर्न ?

PRIME CA
GLOBAL IME BANK

एनसीसी बैंकको ५ लाख कित्ता संस्थापक सेयर बिक्री खुल्ला, कहिलेसम्म पाइन्छ भर्न ?

२ आश्विन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । एनसीसी बैंकले ५ लाख कित्ता संस्थापक सेयर आज शुक्रबार (असोज २ गते) बिक्री खुला गरेको छ । नेपाल इन्स्योरेन्सले आफ्नो स्वामित्वमा रहेको उक्त सेयर बिक्री खुल्ला गरेको हो ।
 कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य ११० रुपैयाँ भाउ राखेर सेयर बिक्री खुला गरेको हो । लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । बोलपत्र कात्तिक २० गते अपरान्ह ३ बजे एनआइबीएल एस क्यापिटल लाजिम्पाट, काठमाडौंमा खोलिनेछ ।
सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसमा कात्तिक ६ गतेभित्र बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट, काठमाडौँमा पुग्नेगरी आवेदन दिनुपर्नेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: