×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बैंकमा कारोबार छ ? हेर्नुहोस् बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर (विस्तृत सूचीसहित)

PRIME CA
GLOBAL IME BANK

नेपाल बैंकमा कारोबार छ ? हेर्नुहोस् बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर (विस्तृत सूचीसहित)

२९ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेकाे छ । बैंकले असोज १ गते (बिहीबार) बाट लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
बैंकले बचत खातामा न्युनतम २.५० प्रतिशतदेखि ४.५० प्रतिशत ब्याजदर कायम गरेको छ । बैंकमा २५ प्रकारको बचत खाता रहेको छ । यस्तै, मुद्दती खातामा व्यक्तिगततर्फ ३ महिनाको लागि ६.२५ प्रतिशत, ३ महिनादेखि ६ महिनासम्मको लागि ६.७५ प्रतिशत र ६ महिनादेखि ५ वर्षसम्मको लागि ७.२५ प्रतिशत निर्धारण गरेको छ । 
यता, संस्थागततर्फ ३ महिनाको लागि ५.५० प्रतिशत, ३ महिनादेखि ६ महिनासम्मको लागि ६ प्रतिशत र ६ महिनादेखि ५ वर्षसम्मको लागि ६ प्रतिशत निर्धारण गरेको छ । बैंकको आधारदर ६.९९ प्रतिशत रहेको छ। 
बैंकले​ सार्वजनिक गरेको नयाँ व्याजदर हेर्नुहोस् :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: