Skip to content
LAXMI SUNRISE BANK

नेपाल बैंकको नयाँ शाखा रुकुमको चौरजहारीमा, १ सय ८७ स्थानमा पुग्यो सञ्जाल !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
रुकुम । नेपाल बैंकको नयाँ  शाखा पश्चिम रुकुमको मुख्य शहर चौरजहारीमा स्थापना भएको छ । वित्तीय पहुँच तथा समावेशिता अभिवृद्धि गर्ने सरकारको नीतिलाई सघाउने उद्देश्यले बैंकले आफ्नो १८७औं शाखा स्थापना गरेको हो ।

बैंकको शाखा विस्तारसँगै चौरजहारीमा बैंकले औपचारिक कारोबार समेत शुरू गरेको छ । उक्त शाखाबाट सहुलियतपूर्ण तथा अन्य व्यावसायिक कर्जा, निक्षेप तथा रेमिट्यान्स लगायत सम्पूर्ण आधुनिक बैंकिङ सेवा र सुविधाहरू उपलब्ध हुने बैंकका शाखा प्रमुख रूपक ढकालले जानकारी दिए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK