×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार बढ्यो बजार: १३.०५ अंकले बढेको नेप्से १५०८.२० बिन्दुमा, साढे २ अर्वमाथिको कारोबार !

PRIME CA
GLOBAL IME BANK

बुधबार बढ्यो बजार: १३.०५ अंकले बढेको नेप्से १५०८.२० बिन्दुमा, साढे २ अर्वमाथिको कारोबार !

२४ भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको चौथौ दिन बुधबार सेयर बजार बढेको छ । मंगलबारको तुलनामा बजार १३.०५ अंकले बढेर १५०८.२० बिन्दुमा पुगेको छ । 
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ९४ कम्पनीको ५७ लाख ९८ हजार ५३२ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्व ५६ करोडमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार नेपाल पुनर्बिमा कम्पनीको भएको छ । यस कम्पनीको कुल २७ करोड ५५ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : नागरिक लगानी कोष र शिभम् सिमेन्टको भएको छ ।
यता, बुधबारको कारोबारमा बैंकिङ्ग र विकास बैंक उपसुचक घटेको छ भने बाँकी सबै उपसुचक बढेको छ । सबैभन्दा धेरै राष्ट्रिय बीमा कम्पनी र रिलायन्स लाइफ इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर र कालिका पावर कम्पनीलगायत कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: