×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया बैंकले आश्विन मसान्तसम्म साँवा र ब्याज चुक्ता गर्नेलाई कर्जामा ८.९९ % ब्याजदर कायम गर्ने

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

एनआईसी एशिया बैंकले आश्विन मसान्तसम्म साँवा र ब्याज चुक्ता गर्नेलाई कर्जामा ८.९९ % ब्याजदर कायम गर्ने

२ आश्विन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । एनआईसी एशिया बैंकले २०७७ आश्विन मसान्तका लागि पुनः आकर्षक सहुलियत योजना ल्याएको छ । जसअनुरुप २०७७ श्रावण मसान्तसम्म ३ महिना वा बढीले बक्यौताको भाखा नाघेका कर्जाहरूको २०७७ आश्विन मसान्तसम्मको साँवा तथा ब्याज रकम सोही मसान्तभित्र चुक्ता भुक्तान गरेमा साविकको ब्याजदरलाई घटाई १ कार्तिक २०७७ देखि लागू हुनेगरी ८.९९ प्रतिशत ब्याजदर कायम गरिने बैंकले जनाएको छ । 
यो बैंकबाट मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरूका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि कर्जाहरू उपभोग गरेका सम्पूर्ण योग्य ग्राहकहरूले यस योजनामा सहभागी भई समयमै फाइदा उठाउन बैंकले आह्वान गरेको छ । 
आफ्नै प्रयासबाट ऋणीहरूका लागि मुलुकको बैंकिङ्ग इतिहासमै पहिलो पटक कर्जामा आकर्षक छुटको व्यवस्था गरिएको बैंकको दावी छ । उक्त योजनाबाट कोरोना भाइरसबाट आक्रान्त यस विषम परिस्थिति पश्चात् देशको समग्र अर्थतन्त्रको पुर्नउत्थान एवं सबलीकरणमा टेवा पुगी आम ग्राहकहरूको आवश्यकतालाई परिपूर्ति गर्न सफल हुने बैंकले विश्वास लिएको छ । 
बैंकले यसअघि समेत ग्राहकहरूको बृहत्तर हितको रक्षा गर्नका निमित्त ब्याज सहुलियतका विभिन्न योजनाहरू कार्यान्वयन गरिसकेको जनाएको छ । नेपाल राष्ट्र बैंकद्वारा मिति २०७६/१२/१६ गते निर्दिष्ट गरिएअनुसार २०७६ चैत्र मसान्तभित्र भुक्तानी गर्नुपर्ने मासिक वा त्रैमासिक किस्ताबन्दी कर्जाहरूमा चैत्र मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रैमासिक किस्ता, ब्याज लगायत तिर्न बाँकी रहेको वक्यौता साँवा तथा ब्याज भुक्तानी गरेका ऋणीहरूको कर्जाको साधारण ब्याजको १० प्रतिशतले हुन आउने रकम तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुट प्रदान गरी सम्बन्धित ग्राहकहरूको बैंक खातामा जम्मा समेत गरिएको बैंकले जनाएको छ । 
नेपाल राष्ट्र बैंकबाट २०७७/०१/१६ गते २०७६ चैत्र मसान्तसम्म कायम ब्याजदरमा २ प्रतिशत ब्याज सहुलियत दिन गरिएको निर्देशनको तत्काल कार्यान्वयन गर्दै उक्त २ प्रतिशत ब्याज सहुलियतको अलावा बैंकले आफ्नै प्रयासबाट ऋणीहरूले वैशाख तथा जेष्ठ महिनासम्ममा तिर्नुपर्ने सम्पूर्ण किस्ता वा ब्याज रकम क्रमशः वैशाख तथा जेष्ठ मसान्तभित्र पूर्ण रुपमा चुक्ता भुक्तान गरेमा सम्पूर्ण ब्याज रकममा थप १० प्रतिशत छुट तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुटको योजना ल्याएको थियो । जसमा ग्राहकहरूको उत्साहपूर्ण सहभागिता भएपछि उक्त योजना अनुरुप हुन आउने १० प्रतिशत ब्याज छुटको रकम सम्बन्धित ग्राहकहरूको खातामा जम्मा समेत बैंकले गरेको छ । 
नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएको उक्त निर्देशनको तत्काल पूर्ण कार्यान्वयन गर्दै सो को अलावा २०७७ आषाढ मसान्तसम्मको सम्पूर्ण साँवा तथा ब्याजको बक्यौता रकम सोही मसान्तसम्ममा चुक्ता भुक्तान गर्ने ग्राहकहरूको उक्त कर्जाको तत्कालिन ब्याजदरलाई १ श्रावण २०७७ देखि लागू हुने गरी ९.९९ प्रतिशत बैंकले कायम गरिएको बैंकले जनाएको छ । बैंकको मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६७ एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: