- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । डिजेल र मटितेलको मूल्य घटेको छ । नेपाल आयल निगमले दिएको जानकारी औसर डिजेल र मटितेलको मूल्य लिटरमा एक रुपैयाँ मूल्य घटेको छ ।
भारतीय आयल कर्पोरेसनले पाठएको नयाँ मूल्य सूचीमा पेट्रोलियम पदार्थको मूल्य घटेको छ । त्यसैका आधारमा डिजेलको मूल्य घटाइएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।
अब डिजेल र मटितेलको मूल्य लिटरको ९० रुपैयाँ कायम भएको छ । अरू पेट्रोलियम पदार्थको मूल्य यथावत राखिएको छ ।