×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पाकिस्तानमा ईश्वरको नाममा हत्या

PRIME CA

पाकिस्तानमा ईश्वरको नाममा हत्या

६ आश्विन २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । पाकिस्तानमा देशभर शिया र अन्य धार्मिक अल्पसंख्यकहरूलाई लक्षित गर्दै साम्प्रदायिक हिंसाको नयाँ स्वरुप देखिन थालेको छ । जसले गर्दे मुस्लिम बहुल राज्यमा फेरि हिंसात्मक अस्थिरताको खतरा बढेको छ । अल्पसंख्यकलाई संरक्षण गर्नुपर्नेमा सरकारी अधकारी र राज्यका महत्वपूर्ण पदमा रहेकाहरुले नै हिंसा भड्काउने गतिविधिहरु गरिरहेका छन् । उनीहरुले गोप्यरुपमा व्यक्तिहरु खटाएर अल्पसंख्यकलाई दमन गर्ने, हत्या गर्ने र अपहरण गर्नेलगायतका अपराधमा संलग्‍न भएको पाइएको छ । 
पाकिस्तानमा ९६ प्रतिशत जनसंख्याले इस्लाम धर्म मान्छन् । जसमध्ये ७५-९५ प्रतिशतहरु सुन्‍नि समुदायका छन् भने ५-१५ प्रतिशत मात्रै शिया समुदायहरु छन् । त्यसैगरी क्रिश्चियन, हिन्दू र अहमदीहरु को जनसंख्या को लगभग ४ प्रतिशत छ । गत महिनामा दुई शिया मुस्लिम, एक अहमदी सम्प्रदाय सदस्य र एक अमेरिकी नागरिक लगायत चार जनालाई ईश्वरको निन्दा गरेको आरोपमा निर्मम हत्या गरियो । हत्या गर्ने व्यक्ति पहिचान हुँदा पनि कारबाहीको प्रक्रिया अघि बढाइएको छैन । 
यही अवधिमा करिब ५० जना शिया समुदायका व्यक्तिहरुलाई “पैगम्बर मुहम्मदको अपमान गरेको” आरोपमा मुद्दा चलाइएको छ । पाकिस्तानको ईश्वर निन्दासम्बन्धी दण्डसंहिताअन्तर्गत २९५-ए र २९८ अन्तर्गत मुद्दा चलाइएको छ । उक्त कानुनअन्तर्गत इस्लामको अपमान गरेमा जरिवानादेखि मृत्युसम्मको सजाय दिनसक्ने प्रावधान राखिएको छ ।
स्थानीय प्रशासनले शियाविरुद्ध ईश्वरनिन्दाको सामूहिक मुद्दा दायर गरेर हजारौं तहरीक-ए-लब्बाइक पाकिस्तान (टीएलपी) र अहले-ए-सुन्‍नत वाल जमात (एएसडब्ल्यूजे) इस्लामिक समूहका कार्यकर्ताहरू गत हप्ता पाकिस्तानको सडकमा उत्रिए । कराचीमा अल्पसंख्यकविरूद्ध ठूलो संख्यामा मानिसहरु सडकमा उत्रिएका हुन् ।
दुबै चरमपन्थी संगठनहरूलाई सुरक्षा एजेन्सीहरू र अधिकारीहरूको समर्थन गरेका छन् । र्‍यालीले इमामबरगाह (शिया धार्मिक स्थल) लाई ढुंगाले हान्‍ने र बाटोमा हिँड्‍नसमेत प्रतिबन्ध लगाइएको थियो । 
उनीहरुले सरकारलाई शियामाथि प्रतिबन्ध लगाउनसमेत माग गरेका थिए । यसरी पाकिस्तानमा शिया अल्पसंख्यकमाथि चरम दमन र हत्याका घटनाहरु बढ्दा पनि सरकारले भने कुनै प्रतिक्रिया र उनीहरुको संरक्षणका लागि पहल गरेको छैन । -पब्लिक न्युज एजेन्सी
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: