×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालमा किन मल उत्पादन सुरु हुन सकेन ? किसानहरुले कहिले समयमा मल पाउँछन् ? (भिडियो रिपोर्ट)

PRIME CA
GLOBAL IME BANK

नेपालमा किन मल उत्पादन सुरु हुन सकेन ? किसानहरुले कहिले समयमा मल पाउँछन् ? (भिडियो रिपोर्ट)

२५ भाद्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । सम्झौता गरी समयमा मल नल्याउने ठेकेदारहरुबाट क्षतिपूर्ति भराउनुपर्ने माग राख्दै सामाजिक अभियन्ताहरुले कृषिमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । ठेकेदारहरुकै कारण किसानहरुले मल नपाएर सास्ती खेप्नुपरेको भन्दै सामाजिक अभियन्ताहरु जगत भुसाल र द्वारिका ढुंगेलले कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसाललाई ज्ञापनपत्र बुझाएका हुन । ठेक्का लिएर तोकिएको समयसम्म मल नल्याएका कम्पनीलाई कालोसूचीमा राखेर मात्रै नहुने भन्दै उनीहरुले क्षतिपूर्ति पनि भराउनुपर्ने माग गरेका हुन् । 
मन्त्रीलाई भेटेपछि संक्षिप्त प्रतिकृया दिँदै अभियन्ता ढुंगेलले मल नल्याउने व्यक्तिहरुलाई कालोसूचीमा राखेर मात्रै नहुने भएकाले त्यसबाट जनता र राष्ट्रलाई परेको क्षति पनि भराउनुपर्ने माग राखिएको बताउनुभयो । विगत लामो समयदेखि नेपाली किसानहरुले मलको अभाव भोगिरहेको सन्दर्भमा नेपालमा किन मल उत्पादन सुरु हुन सकेन ? किसानहरुले कहिले समयमा मल पाउँछन् ? भन्ने विषयमा पनि कृषिमन्त्री भुसालको ध्यानाकर्षण गराइएको उहाँले बताउनुभयो । 
ज्ञापनपत्र बुझ्दै मन्त्री भुसालले मल नल्याउने ठेकेदार कम्पनीहरुलाई थप कारवाहीको प्रकृया अगाडी बढेको जानकारी गराउनुभएको उहाँले बताउनुभयो । सरकारले भदौ २० सम्म मल ल्याउने गरी गत पुसमा ठेक्का गरेको भएपनि समयमै मल नआउँदा किसानहरु मारमा परेका छन । सम्झौता गरेका शैलुङ कन्स्ट्रक्सन कम्पनी र होविको मल्टिपल कम्पनीलाई सरकारले समयमै मल नल्याएपछि कारवाहीको तयारी गरेको छ । हेर्नुहोस् भिडियो :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: