×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : घोप्टेखोलाले सडक बगाएपछि यात्रुलाई सास्ती, हेर्नुहोस् देशभर अरु कहाँ-के भयो ?

PRIME CA

देश बोल्ने फोटो कथा : घोप्टेखोलाले सडक बगाएपछि यात्रुलाई सास्ती, हेर्नुहोस् देशभर अरु कहाँ-के भयो ?

२८ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ?  यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले घोप्टेखोलाले सडक बगाएपछि यात्रुलाई सास्तीदेखि देशभर अरु कहाँ-के भयो भन्नेसम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं ।

हेरौं फोटो समाचार :
बेंसीशहर चामे सडकखण्डअन्तर्गत मस्याङ्दी गाउँपालिका –४ मा घोप्टेखोलाले सडक बगाएको महिनौं दिन बित्दासमेत सडक सुचारु हुन नसकेपछि बाँसको भ¥याङबाटै जोखिम मोलेर मजदुरको सहयोगमा खाद्यान्नलगायत अन्य सामग्री ढुवानी गर्न बाध्य स्थानीयवासी ।

पहिराले क्षति पु¥याएको नलगाड नगरपालिका –८ बगारामा लगाइएको धानबाली ।

लमही–घोराही सडकखण्डअन्तर्गत दाङको लमही नगरपालिका वडा नं ६ कुलमोहरदेखि दुई किलोमिटर अगाडि भासिएको सडक । सडक भासिएपछि एकतर्फी रुपमा मात्र सवारी साधन सञ्चालन गरिएको छ ।

बेंसीशहर ९चामे सडकखण्डअन्तर्गत मस्र्याङ्दी गाउँपालिका –४ मा घोप्टेखोलाले सडक बगाएको महिनौं दिन बित्दासमेत सडक चल्न नसकेपछि बाँसको भ¥याङबाटै जोखिम मोलेर मजदुरको सहयोगमा खाद्यान्नलगायत अन्य सामग्री ढुवानी गर्न बाध्य स्थानीयवासी ।

पश्चिमी सीमा नाका गड्डाचौकीमा भारतबाट फर्केका यात्रु सवारी साधनका प्रतीक्षामा । सुरक्षा निकायले यात्रुलाई सामाजिक दूरी कायम गराई जिल्लामा सवारी साधनको व्यवस्था गरेर पठाउने गरेको आएको छ ।

दिक्तेल–खार्मी–पाथेका सडकखण्डको तालखर्कमा हिलोमा फसेको मोटरसाइकल निकाल्न सहयोग गर्दै स्थानीय युवा ।

बाह्रबिसे –७, घुम्थाङमा गएको पहिरामा परेका स्थानीयवासीको उद्धार गर्दै सुरक्षाकर्मी ।

मेलम्ची नगरपालिका–५, सिन्धुकोट गोल्पुटोलमा गए रातिको अविरल वर्षापछि आएको पहिराका कारण जोखिमा परेको बस्ती । नौ घर रहेको सो बस्तीमा चारैतिर पहिरो आउन थालेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: