×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

देश बोल्ने फोटो कथा : अधिकांश क्षेत्र जलमग्न, दाउरा बेचेर घर खर्च जोहो गर्दै महिला !

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ?  यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले अधिकांश क्षेत्र जलमग्नदेखि दाउरा बेचेर घर खर्च जोहो गर्दै महिलासम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं ।

हेरौं फोटो समाचार :
मङ्गलबार राति परेको पानीका कारण भरतपुर महानगरका शहरी केही क्षेत्रमा जलमग्न । सडकको माथिबाट पानी बगिरहेको छ भने ती क्षेत्रका अधिकांशको घरमा पानी पसेको छ । यस क्षेत्रमा रहेको नहर मिचेर घर बनाएपछि निकास नहुँदा पानी जम्न थालेको हो ।
बन्दाबन्दीका कारण अन्य काम गर्न नपाइएपछि महाकाली नगरपालिका– २ र ३ वडावासी अहिले दाउरा बेचेर घरखर्च जोहो गर्दै । उनीहरुले गाउँबाट सदरमुकामसम्म दाउरा ल्याएर बिक्री गर्ने गरेका छन् । सदरमुकाम खलङ्गामा दाउरा प्रतिभारी रु २५० मा बिक्री हुने गरेको छ ।
मङ्गलबार राति परेको पानीका कारण भरतपुर महानगरका शहरी केही क्षेत्रमा जलमग्न । सडकको माथिबाट पानी बगिरहेको छ भने ती क्षेत्रका अधिकांशको घरमा पानी पसेको छ । यस क्षेत्रमा रहेको नहर मिचेर घर बनाएपछि निकास नहुँदा पानी जम्न थालेको हो । 
म्याग्दीको बेनी नगरपालिका– २ बगरफाँटका कृषक इन्द्र जिसीले पालेका ब्राइलर कुखुरा । म्याग्दीमा पछिल्लोपटक कुखुरापालन व्यवसाय फस्टाउँदै गएको छ । 
काभ्रे जिल्लाको पनौतीमा रहेको त्रिवेणीधाम भएर बगेको खोलामा स्थानीय जनताले व्यावसायिक रूपमा पालेको हाँस । यहाँ हाँसको अण्डा प्रतिवटा रु २० देखि ३० पर्छ । प्रतिहाँस रु ७०० देखि ८०० सम्ममा बिक्री हुने गरेको छ ।
डुम्रे बेँसीसहर सडक खण्डअन्तर्गत बेँसीसहर नगरपालिका–२ रानिकुवा नजिकै बोहोरा बेँसीमा अविरल वर्षासँगै आएको बाढीपहिराले बुधबार बिहान ४ बजेदेखि अवरुद्ध सडक खुलाउँदै डोजर । यस स्थानमा पटकपटक पहिराले सडक अवरुद्ध बनाउँदै आएको छ ।
पाल्पा, गुल्मी र स्याङ्गजाको संगमस्थल नजिकै तानसेन नगरपालिका वडा नं १४ मा पर्ने ऐतिहासिक अर्गली दरबार अहिले बेवारिसे बनेको छ । अर्गली दरबार जुद्ध शमशेरले बनाएका हुन् ।
नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ मा अवस्थित ‘पाल्साङ ऊ’ नाम दिइएको ढुङ्गा र उक्त ढुङ्गाको कारण जोखिम बनेको नेगी बस्ती । उक्त ढुङ्गा हाल बग्न थालेसगैँ नेगीका २८ परिवार विस्थापित भएका छन् भने काउले र बोत्गाउँका १८ परिवार जोखिममा परेका छन् ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं १२ का किसानले गरेको बदाम खेती । बलौटे माटोमा किसानले बदाम खेती गरी आम्दानी लिंदै आएका छन् । 
कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं १ का बासिन्दा कल्भर्ट निर्माण गर्दै । नगरपालिकाको कल्भर्ट निर्माण योजनामा युवाहरुले श्रमदान गरेका छन् ।
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित भुवनेश्वरमा जंगलबाट घाँसको भारी बोकेर घरतर्फ जाँदै महिला ।
कोभिड –१९ का कारण जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञामा सुनसान देखिँदै विश्वसम्पदा सूचीमा सूचीकृत रहेको भक्तपुरको पर्यटकीयस्थल दरबार स्क्वायर । 
खोटाङको दिक्तेल बजारस्थित सङ्गमपार्कमा सडक ढलानका लागि सोलिङ गर्दै कामदार । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक तीन भागमा विभाजन गरेर धमाधम ढलान भइरहेको छ । 
माछा मार्दै कावासोती–१२, का स्थानीय थारु समुदाय । भोलि थारु महिलाहरुको पर्व जितीयाको मुख्य दिन भएकाले बुधबार डटकट(दर) खाने दिनको रुपमा लिइन्छ । यसका लागि बुधबारको दिन माछा मार्ने प्रचलन छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: