
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले बागलुङमा किसानलाई अलैँची टिप्ने चटारोदेखि देशभर अरु कहाँ-के भयो भन्नेसम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
व्यावसायिक रुपमा गरेको अलैँची खेती स्याहार सम्भार गर्दै बागलुङको ताराखोला गाउँपालिका–१ का किसान । यतिबेला किसानलाई अलैँची टिप्ने चटारो छ ।

भूूकम्पले क्षतिग्रस्त रानीपोखरी राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र पुरातत्व विभागले पुनःनिर्माण सम्पन्न गरेको छ । भक्तपुुरबाट कालीगढ ल्याएर परम्परागत शैलीले कालोमाटो प्रयोग गरेर पोखरीलाई आक्रर्षण बनाइएको छ ।

भूूकम्पले क्षतिग्रस्त रानीपोखरी राष्ट्रिय पुुनःनिर्माण प्राधिकरण र पुुरातत्व विभागले पुनःनिर्माण सम्पन्न गरेको छ । भक्तपुुरबाट कालीगढ ल्याएर परम्परागत शैलीले कालोमाटो प्रयोग गरेर पोखरीलाई आक्रर्षण बनाइएको छ ।

दाङको तुलसीपुर उपमहानगरपालिका–४ वाएखोलाका जीतबहादुर वादीको झुपडी । सो झुपडीमा बस्दा वर्षादमा चुहिने र हिउँदमा जाडोले कठ्याङ्ग्रिने समस्या छ । लामो समयदेखि वादी दम्पती यही झुपडीमा बस्दै आएका छन् ।




लकडाउन खुुलेपछि बजारमा चहलपहल बढेको छ । जमलमा देखिएको चहलपहल ।


