×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा: अलैँची उत्पादनमा पाल्पाका कृषक अब्बल, हेर्नुहोस् देशभर अरु कहाँ-के भयो ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार

PRIME CA
laxmi sunrise bank

देश बोल्ने फोटो कथा: अलैँची उत्पादनमा पाल्पाका कृषक अब्बल, हेर्नुहोस् देशभर अरु कहाँ-के भयो ?

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । 
आजको अंकमा हामीले तिला नदीबाट अवैध रुपमा बालुवा निकाल्दै स्थानीयवासीदेखि पहिरो झरेपछि जोखिममा परे गुल्मीबासीका घरसम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
पोखराको फेवातालमा बल्छीको प्रयोगबाट माछा मार्दै बालक ।

पाल्पाको निस्दी गाउँपालिका वडा नं ३ झिरुवास खाँदरका कृषकले उत्पादन गरेको अलैची ।

कञ्चनपुरको शुक्लाफाटा नगरपालिका वडा नं १० का किसानले दुग्ध उत्पादनका लागि व्यावसायिकरुपमा पालेका भैंसी । रु ३२ लाखको लागतमा भैंसी फार्म सञ्चालन गरी स्थानीय युवाले गतिलो आम्दानी हात पार्न थालेका छन ।

पीसीआर परीक्षणका लागि घुम्ती स्वाब संकलन बुथ संचालन गरी टोलटोलमा पुगेर स्वाब संकलनको तयारी गर्दै सूर्यविनायक नगरपालिकाको स्वास्थ्यकर्मी टोली ।

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेपछि कलंकी चोकमा सवारी साधनको आवश्यक कागजपत्र जाँच गर्दै ट्राफिक प्रहरी ।

धुलिखेल नगरपालिका वडा नं ४ बखुडोलका स्थानीयबासिन्दाको आफ्नै पहलमा निर्माण गरेको ‘बखुडोल बुद्ध पार्क’मा निर्माण गरेको परेवा आकृतिको तस्वीर खिच्दै आन्तरिक पर्यटक ।

कास्की परिवार दक्षिण कोरियाबाट जिल्लाका बाढी पहिरो पीडितका लागि प्राप्त राहत रकम पोखरा महानगरपालिका–२५ हेमजा र माछापुच्छ«े गाँउपालिकाका प्रभावितलाई हस्तान्तरण गर्दै गण्डकी प्रदेशसभा सदस्य रामजीप्रसाद बराल । कार्यक्रममा प्रभावित १० परिवारलाई रु आठ हजार एक सयका दरले राहत रकम प्रदान गरिएको थियो ।

पोखरा महानगरपालिका वडा नं ६ लेकसाइडको स्ट्र्टि नं ९ मा एक कोरोना संक्रमितको मृत्यु भएपछि वडाको पहलमा सिल गरिएको स्थान सुरक्षाका लागि खटिएका प्रहरी ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: