×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : लकडाउन हटेसंगै नेपाल एसबीआई बैंकमा बढ्यो भिड, हेर्नुहोस् देशभर अरु कहाँ-के भयो ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

देश बोल्ने फोटो कथा : लकडाउन हटेसंगै नेपाल एसबीआई बैंकमा बढ्यो भिड, हेर्नुहोस् देशभर अरु कहाँ-के भयो ?

Artha Sarokar

६ आश्विन २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले लकडाउन हटेपछि  नेपाल एसबीआई बैंकमा बढ्यो भिडदेखि देशभर अरु कहाँ-के भयो भन्नेसम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं । 
हेरौं फोटो समाचार :
पाल्पाको तानसेनमा बन्दाबन्दी खुकुलो भएसँगै बैंकमा देखिएको भीड । यातायातका साधन सञ्चालनमा आएपछि ग्रामीण क्षेत्रका सदरमुकाम तानसेनमा बैंकिग सेवाका लागि सहज भएको छ ।
पोखरास्थित यातायात व्यवस्था कार्यालयमा सवारी साधनको जाँच गर्दै कार्यालयका कर्मचारी । त
पाल्पाको रम्भा गाउँपालिका वडा नं १ स्थित सघाहका स्थानीय कृषक अन्नबाली तथा तरकारी बालीमा प्रयोग गर्न घरायसी सामग्रीबाट जैविक प्राङ्गारिक मल उत्पादन गर्दै । 
गुल्मीको धुर्कोट गाउँपालिका वडा नं ५ वस्तुस्थित रानाचौर र ठाकुरडाडाँ जोड्ने झोलुङ्ग पुल निर्माण भएपछि जैसिथोक र वस्तुका कुल २११ घरधुरीका एक हजार २६६ जना प्रत्यक्ष लाभान्वित भएका छन् । १०२ मिटर लम्बाइ, १०६ सेन्टिमिटर चौडाइ तथा ३६ मिटर उचाइ रहेको पुललाई विभिन्न साहसिक खेलको रुपमा उपयोग गर्ने र त्यसबाट पर्यटक भित्राइ रोजगार सिर्जना गर्ने लक्ष्य गाउँपालिकाको छ । 
सङ्घीय सरकार, सुदूरपश्चिम प्रदेश सरकार र अपी हिमाल गाउँपालिकाको लगानीमा अपी हिमाल गाउँपालिका–४ देखि वडा नं ५ जोड्न निर्माण हुँदै गरेको सिद्ध मकरीकोट पदमार्ग । हालसम्म एक हजार ४७४ मिटरमा तीन हजार ७०० खुट्किला निर्माण भइसकेको छ भने पदमार्ग सम्पन्न हुँदा आठ हजार २८२ खुट्किला निर्माण हुनेछन् । मकरीगाडदेखि मकरीकोट हुँदै खाती जोड्ने पदमार्ग निर्माण सम्पन्नपछि स्थानीयलगायत पर्यटकलाई आवतजावतमा सहज हुनेछ ।
अविरल वर्षाका कारण पहिरोले पटकपटक अवरुद्ध भएको बेँसीशहर चामे सडकखण्डअन्तर्गत बेँसीशहर नगरपालिका–६ खरखरेभीरको पहिरो मङ्गलबार हटाएसँगै सोही स्थान हुँदै बेँसीशहरतर्फ गुडिरहका सवारीसाधन ।
धानको हरियालीले सुन्दर देखिएको म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँट । बगरफाँट धान उत्पादनको पकेट क्षेत्र हो । 
पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङ राजमार्ग छेउमा माछा बिक्री गर्न बसेका युवा । उनले त्रिशुलीमा मारेको माछा राजमार्गमा बसेर बेच्ने गरेका छन् । 
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा लगाइएको चियाको नर्सरीलाई असिनापानी तथा घामबाट जोगाउन बाँसको भाटा प्रयोग गरेर निर्माण गरिएको गोठ । बुइपाको माथिल्लो क्षेत्रमा चियाखेती विस्तार गर्न स्थानीय रमेशचन्द्र राईले व्यक्तिगत लगानीमा नर्सरी व्यवस्थापन सुरु गर्नुभएको हो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी