×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : निषेधाज्ञा खुकुलो भएसंगै उपत्यकामा यातायातको चाप बढ्यो, इन्द्रचोकका अधिकांश पसल खुले

PRIME CA

देश बोल्ने फोटो कथा : निषेधाज्ञा खुकुलो भएसंगै उपत्यकामा यातायातको चाप बढ्यो, इन्द्रचोकका अधिकांश पसल खुले

अर्थ सरोकार

२५ भाद्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ?  यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले निषेधाज्ञा खुकुलो भएसंगै उपत्यकामा यातायातको चाप बढेदेखि इन्द्रचोकका अधिकांश पसल खुलेसम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं ।

हेरौं फोटो समाचार :
काठमाडौँ उपत्यकामा निषेधाज्ञा खुकुलो गरेपछि बिहीबार इन्द्रचोकमा पसल खोल्ने तयारी गर्दै स्थानीय व्यापारी । कोरोना भाइरस सङ्क्रमण बढेपछि विगत तीन हप्तासम्म उपत्यकामा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको थियो ।

काठमाडौँ उपत्यकामा निषेधाज्ञा खुकुलो गरेपछि बिहीबार जडिबुडीमा सञ्चालनमा आएको सार्वजनिक सवारी साधन । उपत्यकामा चल्ने सवारी साधनमा जोरविजोर प्रणाली लागू गरिएको छ तर मालबाहक सवारीमा सो नियम लागू गरिएको छैन ।


काठमाडौँ उपत्यकामा निषेधाज्ञा खुकुलो भएसँगै बिहीबार जडिबुडीमा सञ्चालनमा आएको सार्वजनिक सवारी साधन । उपत्यकामा चल्ने सवारी साधनमा जोरविजोर प्रणाली लागू गरिएको छ तर मालवाहक सवारीमा सो नियम लागू गरिएको छैन ।

काठमाडौँ उपत्यकामा निषेधाज्ञा खुकुलो भएसँगै बिहीबार जडिबुडीमा सञ्चालनमा आएको सार्वजनिक सवारी साधन । उपत्यकामा चल्ने सवारी साधनमा जोरविजोर प्रणाली लागू गरिएको छ तर मालवाहक सवारीमा सो नियम लागू गरिएको छैन ।

काठमाडौँ उपत्यकामा निषेधाज्ञा खुकुलो भएसँगै बिहीबार जडिबुडीमा सञ्चालनमा आएको सार्वजनिक सवारी साधन । उपत्यकामा चल्ने सवारी साधनमा जोरविजोर प्रणाली लागू गरिएको छ तर मालवाहक सवारीमा सो नियम लागू गरिएको छैन ।

काठमाडौँ उपत्यकामा निषेधाज्ञा खुकुलो गरेपछि बिहीबार इन्द्रचोकमा पसल खोल्ने तयारी गर्दै स्थानीय व्यापारी । कोरोना भाइरस सङ्क्रमण बढेपछि विगत तीन हप्तासम्म उपत्यकामा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको थियो ।

शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका किसानले लगाएको बढी उत्पादन हुने बर्णशङ्कर जातको धानबाली । अरु धानको तुलनामा धेरै फल्ने भएकाले कृषक पछिल्लो समय बर्णशङ्करप्रति आकर्षित भएका छन् ।

भूजीखोलामा आएको बढीले घरमा क्षति पु¥याएपछि आफन्तकोमा आश्रय लिन सरसामानसहित घर छोडेर हिँडेका ढोरपाटन नगरपालिका–९ स्थित दुनेपधेराका बाढीपीडित । यही भदौं १७ गते आएको बाढीले हालसम्म २१ जनाको मृत्यु भएको छ भने १७ जना वेपत्ता छन् ।

कैलालीको भजनीमा बाढीले डुबानमा परेका क्षेत्रमा पिउने पानीको समस्या भएपछि नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाले निर्माण गरेको धारा । रेडक्रसले भजनीमा ५ वटा धारा निर्माण गरेकोे छ ।

डिभिजन वन कार्यालय तनहुँको हाताभित्र रहेको नर्सरी । नर्सरी गण्डकी प्रदेशमै उत्कृष्ट हुन सफल भएको छ ।

हाम्रो टिम नेपाललगायत सामाजिक संस्थाको सहयोगमा रत्नपार्कमा विपन्न परिवारलाई निःशुल्क खाना खुवाउँदै ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: