×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : सरकारी कार्यालय डुवानमा, हेर्नुहोस् देशभर अरु कहाँ-के भयो ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

देश बोल्ने फोटो कथा : सरकारी कार्यालय डुवानमा, हेर्नुहोस् देशभर अरु कहाँ-के भयो ?

२ आश्विन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले सरकारी कार्यालय डुवानदेखि देशभर अरु कहाँ-के भयो भन्नेसम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं । 

हेरौं फोटो समाचार :

भरतपुर महानगरपालिकाकाको मुख्य शहरी क्षेत्र हुँदै पश्चिम चितवन जाने नारायणी लिफ्टको नहर अतिक्रमण हुँदा भरतपुर महानगरपालिका– १० मा रहेका सरकारी कार्यालयहरु डुबानमा । डुबानमा परेको शिक्षा विकास तथा समन्वय एकाई चितवन ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको कृषि शाखामा कृषिजन्य व्यावसाय सञ्चालनका लागि अनुदान रकमका लागि आवेदन फाराम भर्दै गरेका किसान । कोभिडबाट प्रभावित विदेशबाट फर्केका व्यक्तिहरुका लागि कृषि ज्ञान केन्द्र कञ्चनपुरले कृषि व्यावसाय सञ्चालनका लागि आवेदन माग गरेको छ ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं १० लालबनियका किसान चुडामणी जोशीले मल्चीङ प्रविधिमा आधारित तरकारी खेतीका लागि विरुवा रोप्न तयार गरेको टनेल । मल्चीङ प्रविधिमा गरिएका तरकारी खेतीमा रोग किरा र घाँसको समस्या कम हुन्छ ।
नेपालमा बिजुलीबाट लामो दूरीमा चल्ने मिनी बस शुक्रबारदेखि सञ्चालन । काठमाडौँबाट रामेछापको मन्थलीसम्म दैनिक रुपमा सञ्चालनमा ल्याएको छ । 
गुल्मीको धार्मिक तथा ऐतिहासिक स्थल रेसुङ्गामा रहेको यज्ञशाला मन्दिर । प्रायजसो समयमा दर्शनार्थीहरुको भिडभाडा हुने यस मन्दिरमा कोरोना भाइरसबाट बच्न सरकारले गरेको लकडाउनदेखि सुनसान जस्तै छ । अब लकडान खुलेसँगै मन्दिरमा दर्शनार्थी आउने अपेक्षा गरिएको छ । 
नेपाली काँग्रेसका संस्थापक नेता तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर स्व. गणेशमान सिंहको २३औँ स्मृति दिवसको अवसरमा दमौलीमा रहेको शालिकमा शुक्रबार पुष्प अर्पण गर्दै सर्वसाधारण । 
पाल्पाको तानसेन नगरपालिका नजिकै रहेको सेन माध्यमिक विद्यालय क्षेत्र सुनसान बन्दै । कोरोना संक्रमणका कारण चैतदेखि विद्यालय बन्द रहेका छन् । 
पोखरा महानगरपालिका–२१ दोबिल्लास्थित खोला बढेपछि बिहीबार दिउँसो खोला पार गर्दै यात्रु ।
स्याङ्गजा चापाकोट नगरपालिका वडा नं ७ वनकट्टा बस्ने सरिता ढकाल बाख्राफार्म सञ्चालन गरेपछि अहिले व्यावसायमा व्यस्त हुनुहुन्छ । यसै व्यावसायबाट मासिक रु ५० हजार आम्दानी गर्न सफल बन्नुभएको छ । 
विद्यालयबाट फर्कंदै गरेका पाल्पा निस्दी गाउँपालिका वडा नं १ स्थित बुद्धि विकास प्राथमिक विद्यालयका विद्यार्थीहरु । यहाँ कोभिड १९ का बाबजुद पनि दूरी कायम गरी स्वास्थ्य सामग्रीसहित पठनपाठन भइरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: