×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : सरकारको नियम उल्लङ्घन गरेर यातायात सञ्चालनमा, हेर्नुहोस् देशभर अरु कहाँ-के भयो ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहीबार

PRIME CA
laxmi sunrise bank

देश बोल्ने फोटो कथा : सरकारको नियम उल्लङ्घन गरेर यातायात सञ्चालनमा, हेर्नुहोस् देशभर अरु कहाँ-के भयो ?

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले सरकारको नियम उल्लङ्घन गरेर यातायात सञ्चालनदेखि देशभर अरु कहाँ-के भयो भन्नेसम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं । 
हेरौं फोटो समाचार :
डोटीको प्रमुख व्यापारी केन्द्र दिपायल पिपल्ला बजारबाट जीपमा यात्रु बोकेर सिलगढी जाँदै गरेको एक निजी महेन्द्र जीप । कोरोना सङ्क्रमण रोकथामका लागि सरकारले भौतिक दूरी कायम गरेर मात्र यात्रा गर्ने भनिए पनि दूरी कायम गरिएको देखिएन ।
बेनी नगरपालिका–६ अर्थुङ्गेका युवक कमल पौडेल आफ्नो फार्ममा भैँसीको दूध सङ्कलन गर्दै । पौडेलले दैनिक १०० लिटर दूध उत्पादन हुन्छ । उहाँले विगत एक दशकदेखि १० वटा गाईभैँसी पालन गरी राम्रो आम्दानी गर्दै आउनुभएको छ ।
राजधानीको उत्तरपूर्वी भेगस्थित वाग्मती नदी किनारको गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकामा थुपारिएको बालुवा । राजधानीका नदीमा उत्खनन गरी नदीजन्य पदार्थ निकाल्न प्रतिबन्ध लगाइए पनि स्थानीय तहले वासिङ र खानीको बालुवा बेच्ने नाममा पटके कर लगाई अपारदर्शी रुपमा स्वीकृति दिएका छन् । 
तिला गाउँपालिका ४ जुम्ला साँपुल्ली गाउँ नजिकै निर्माणाधीन त्रिवेणी मन्दिर । धार्मिक हिसाबले विश्वका विभिन्न धाममध्ये त्रिवेणी पनि महत्वपूर्ण धाम मानिदै आएको छ । 
बागलुङको ढोरपाटन नगरपालिका–५ अधिकारीचौरमा पहिरो खसेपछि पहिरो गएको भन्दामाथि जोखिममा रहेका घर ।
काठमाडौँको टेकुस्थित शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पतालमा बुधबार राति कोरोना परीक्षणका लागि पालो कुरेर बसेका नागरिक । 
इलामको सन्दकपुर गाउँपालिकामा आफूले व्यावसायिक रुपमा उत्पादन गरेको किवी देखाउँदै तारामणि खतिवडा । सरकारी जागीर छोडेर खेती गर्नु भएका खतिवडाले किवीबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडको मुख्य सडकमा छोडिएका छाडा चौपाया । छाडा चौपायाको व्यवस्थापन नहुँदा सडक दुर्घटनाको जोखिम बढेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: