×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा: निषेधाज्ञा खुकुलो भएपछि बैंकमा सेवाग्राहीको सङ्ख्या बढ्दो, यातायता सञ्चालनको माग गर्दै यातायात व्यवसायी !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलवार

PRIME CA
laxmi sunrise bank

देश बोल्ने फोटो कथा: निषेधाज्ञा खुकुलो भएपछि बैंकमा सेवाग्राहीको सङ्ख्या बढ्दो, यातायता सञ्चालनको माग गर्दै यातायात व्यवसायी !

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । 
आजको अंकमा हामीले निषेधाज्ञा खुकुलो भएपछि बैंकमा सेवाग्राहीको सङ्ख्या बढ्दोदेखि यातायता सञ्चालनको  माग गर्दै यातायात व्यवसायीसम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं ।

हेरौं फोटो समाचार :
राष्ट्रिय वाणिज्य बैंक भरतपुर शाखामा सेवा लिन मङ्गलबार बिहानै आएका सेवाग्राही । स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा केही खुकुलो भएपछि बैंकमा सेवा लिन आउनको सङ्ख्या बढ्दो छ ।

काठमाडौँको नयाँ बानेश्वरमा यातायता व्यवस्थापन तथा सञ्चालनको माग गर्दै यातायात व्यवसायी ।

बागलुङको ढोरपाटन नगरपालिका–९, भुजीखोलामा यही भदौ १७ गते राति आएको बाढीले दुनेपधेराका स्थानीयवासीको घरमा क्षति पु¥याएपछि टहराको बास । बाढीले ढोरपाटनका आधादर्जन बस्ती बगाएको छ । तटीय बस्ती बगाउँदा हालसम्म १७ जनाको मृत्यु र २१ वेपत्ता छन् ।

म्याग्दीको सदरमुकाम बेनी बजारको क्याम्पसचोकमा सोमबार आएको बाढीले हिलाम्मे भएको सडकको माटो मङ्गलबार पन्छाइँदै ।

भरतपुरको मालपोत चोकमा मङ्गलबार सवारी जाँच गर्दै सुरक्षाकर्मी । स्थानीय प्रशासनले कोरोना सङ्क्रमण बढ्दै गएपछि लागू गरेको निषेधाज्ञा केही खुकुलो भए पनि अनावश्यक हिँडडुल हुने भन्दै प्रहरीले कडाइ गरेको छ ।

मायादेवी गाउँपालिकाको सेमरनाका कृषक जनार्दनप्रसाद चाई काउलीको बोटमा कीटनाशक औषधि हाल्दै । राम्रो कमाई नभएपछि दुई वर्ष मलेसिया बसेर फर्केका जनार्दन तरकारी खेतीमा सन्तुष्ट छन् ।

बागलुङको ढोरपाटन नगरपालिका–९, भुजीखोलामा यही भदौ १७ गते राति आएको बाढीले आधादर्जन बस्तीसँगै सडक बगाएपछि भीरको जोखिमपूर्ण यात्रा गरी बोबाङबाट ढोर जाँदै बच्चासहित स्थानीय महिला । भुजीखोलामा आएको बाढीले तटीय बस्ती बगाउँदा १७ जनाको मृत्यु र २१ वेपत्ता छन् ।

पुरानो बसपार्कबाट भद्रकालीतर्फ गुडिइरहेको सवारी साधन जाँच गर्दै ट्राफिक प्रहरी । निषेधाज्ञा जारी अवधिमा अनावश्यक हिँडडुल हुने भन्दै सुरक्षाकर्मीले कडाइ गरेको हो ।

काठमाडौँको कालिकास्थानमा रहेको नेपाल मल्टिप्लान्ट प्रोडक्ट एण्ड रिसर्च सेन्टरमा ड्रागनफ्रुुटको नर्सरीमा काम गरिँदै ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: