×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : नियम उल्लङ्घन गर्ने चालकलाई रसिद काट्दै कारवाही, हेर्नुहोस् देशभर अरु कहाँ-के भयो ?

PRIME CA

देश बोल्ने फोटो कथा : नियम उल्लङ्घन गर्ने चालकलाई रसिद काट्दै कारवाही, हेर्नुहोस् देशभर अरु कहाँ-के भयो ?

१ आश्विन २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले नियम उल्लङ्घन गर्ने चालकलाई रसिद काट्दै कारवाहीदेखि देशभर अरु कहाँ-के भयो भन्नेसम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं । 

हेरौं फोटो समाचार :

चितवनमा लागू भएको जोर विजोर प्रणाली उल्लङ्घन गर्ने सवारी चालकलाई कारवाही गरेको रसिद काट्दै सुरक्षाकर्मी । जिल्लामा जोर, विजोर प्रणाली लागू गरी निषेधाज्ञा खुकुलो बनाइएको छ ।
षडानन्द नगरपालिका–१० तिनतलेका स्थानीय कृषक पेमदोर्ची शेर्पाले सञ्चालन गरेको व्यवसायिक जडिबुटी खेती । शेर्पाले आफ्नो फर्ममा रहेको सतुवा, चिराइतो, लोडसल्ला, पाखनबेतलगायत जडिबुटीको बिरुवा बिक्रीबाट वार्षिक रु ६ लाखसम्म आम्दानी गरेको बताउनुहुन्छ ।
म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङको केराबारीमा किसानले एकै ठाउँमा लगाएको केरा र सुन्तला खेती । मराङ फलफूल खेतीका लागि अनुकूल हावापानी भएको ठाउँ हो । 
काभ्रेपलाञ्चोकको इन्द्रवती खोला छेउमा रहेको गिट्टी बालुवाको उत्खनन गर्ने तथा सडक र ढलको पाइप बनाउने उद्योग । उद्योग कोभिड–१९ को कारण हाल बन्द रहेको एक स्थानीय कामदार बताउँछन् ।
काभ्रेपलाञ्चोक हुँदै मेलम्ची जाने सडकखण्डको दुरावस्था । वर्षाका कारण र टिपरले गिट्टी, बालुवा ढुवानी गर्ने क्रममा बिग्रेको सडकबाट बिरामी काठमाडौँको अस्पताल पु¥याउन र यहाँ ल्याउन एम्बुलेन्सलाई समेत समस्या भएको मेलम्ची अस्पतालका एम्बुलेन्स चालक बताउँछन् ।
काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, तिनधारा झरना जाने बाटो नजिकै काफलडाँडामा मकै पोल्दै स्थानीय महिला ।
पानीले हिलाम्य कालीगण्डकी करिडोरअन्तर्गत रामपुर नगरपालिका–१, स्याउलीबजारको साँखर्दी सडक सफा गरिँदै । 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा थन्काएर राखिएको पूर्व राजा वीरेन्द्र वीर विक्रम शाह चढ्ने नेपाली सेनाको जहाज नारायणहिटी दरबार सङ्ग्रहालयको परिसरमा । गत शनिबार सो जहाज विमानस्थलबाट सडकमार्ग हुँदै नारायणहिटी दरबार सङ्ग्रहालयमा पु¥याइएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: