×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : घरखर्च जुटाउन गिट्टी कुट्दै महिला, हेर्नुहोस् देशभर अरु कहाँ-के भयो ?

PRIME CA

देश बोल्ने फोटो कथा : घरखर्च जुटाउन गिट्टी कुट्दै महिला, हेर्नुहोस् देशभर अरु कहाँ-के भयो ?

३१ भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।

आजको अंकमा हामीले घरखर्च जुटाउन गिट्टी कुट्दै महिलादेखि देशभर अरु कहाँ-के भयो भन्नेसम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं ।

हेरौं फोटो समाचार :
कैलालीको गोदावरी नगरपालिका–८ स्थित खुटिया नदी छेउमा घरखर्च जुटाउन गिट्टी कुट्दै महिलाहरू ।

सायल गाउँपालिकामा समयमै धान पाकेपछि काट्न व्यस्त किसान ।

भोजपुरको पौवादुङमा गाउँपालिकामा ढाकाको कपडा बुन्न सिक्दै महिला । हातको सहायता तयार गरिएका ढाकाको एउटा साडीको मूल्य रु २५ हजारसम्म पर्ने उनीहरुले बताउने गरेका छन् ।

भरतपुर महानगरपालिका– २ क्षेत्रपुरमा रहेको मास्क उत्पादन गर्ने कालिका फेब्रिक उद्योगमा काम गर्दै महिला ।

दाङको घोराही उपमहानगरपालिका–७ घुसुराका कोशिश गौतम र प्रयास गौतमले गरेको व्यावसायिक बाख्रापालन । पछिल्लो समय उहाँहरुले बाख्रापालनबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ ।

पाल्पाको तानसेन नगरपालिकाको असन टोलमा बेच्न राखिएको सागको मुठा मिलाउँदै व्यवसायी । पाल्पाको बजारमा सागको माग बढ्दो छ । प्रतिमुठा साग तीसदेखि पचास रुपैयाँमा बिक्री हुँदै आएको छ ।

पाल्पाको तानसेन नगरपालिकाको नारायणस्थानस्थित धागो पसलमा देखिएको महिलाको भीड । तानसेनमा समुदायस्तरमा कोरोना देखिए पनि पसलमा मानिसको भीड लागेको छ । महिलाले घरमा बसी धागोबाट जाडोमा लगाउने स्वीटर, टोपी, मोजा तथा सजावटका सामान बनाउने चलन छ ।

जाजरकोट सदरमुकामको भेरी नगरपालिका–१३ स्थित कुदुबासी भेरी नदीको किनारमा पिउने पानी भर्दै ।

कालीगण्डकी करिडोरअन्र्तगत रामपुर नगरपालिका वडा नं १ स्थित स्याउली बजार साँखर्दी सडकखण्ड । वर्षाको पानीले सडक भत्किएपछि आवतजावतमा समस्या परेको छ ।

रामपुर नगरपालिका वडा नं ३ स्थित गण्डकीढिक क्षेत्रमा पक्की नाली बनाउने काम हुँदै ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको गौरीगंगा नगरपालिका–३ झिलमा सडक मर्मत गर्दै कामदार ।

पोखरा– १० अमरसिंहमा रहेको आजीवन कृषि उपज केन्द्रमा मुस्ताङको आलु खरिद गर्न आएका उपभोक्ता ।

जाजरकोट सदरमुकाममा मोटरसाइकल धेरै गुड्न थालेपछि ट्राफिक प्रहरीले ठाउँठाउँमा अनुमतिपत्र एवं कागजपत्र जाँचलाई तीव्रता दिँदै ।


ढोरपाटनस्थित भुजीखोलामा आएको बाढी पसेपछि बगर पल्टिएको खेत ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: