Skip to content
LAXMI SUNRISE BANK

तनावकाबीच दक्षिण चीन सागरमा पीएलएको सैन्य अभ्यास

अर्थ सरोकार

काठमाडौँ । पीपुल्स लिबरेशन आर्मी (पीएलए) ले दक्षिण चीनको गुआंग्दोङ प्रान्तस्थित दक्षिण चीन सागरमा अगस्त २४-२९ सैन्य अभ्यास गरेको छ । चिनियाँ सरकारी सञ्‍चारमाध्यम ग्लोबल टाइम्सले आइतबार स्थानीय समुद्री सुरक्षा प्रशासनलाई उद्धृत उक्त सैन्य अभ्यास भएको जनाएको हो । 
दक्षिण चीन सागरमा तनाव बढिरहेका बेला यस क्षेत्रमा सैन्य अभ्यास गरेको हो । चीनले यो क्षेत्रलाई आफ्नो दाबी गरेको छ । जसका कारण भियतनाम र फिलिपिन्सलगायत धेरै देशहरुको सार्वभौमिकता संकटमा परेको छ । 
यही महिनाको सुरुमा अमेरिकी स्वास्थ्य सचिव अलेक्स अजरको ताइवानको ऐतिहासिक भ्रमणको क्रममा चीनले लडाकु जेटहरू तैनाथ गरेको बताएका थिए । उनले उक्त लडाकु जेटहरु ताइवान सामुद्रिक क्षेत्र पार भएको साउथ चाइना मोर्निंग पोस्टले ताइवानको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै भनेको थियो । 
मन्त्रालयले पीएलए लडाकूहरूलाई ताइवानमा रहेका एन्टी-एयरक्राफ्ट मिसाइलहरू ट्र्याक गरेको थियो र उनीहरूलाई “कडाइका साथ बाहिर निकालेको” दाबी गरेको छ । 
हालसालै, मलेसियाले बेइजिङको दक्षिण चीन सागरमा विशाल समुद्री दावीलाई पनि अस्वीकार गरेको छ। “मलेसियाले चीनको उनीहरूको पानीमाथि ऐतिहासिक अधिकार छ भन्‍ने दाबीको विरोध गर्दछ,” मलेसियाका विदेश मन्त्री हिशममुद्दीन हुसेनले संसदमा भनेका थिए ।
“मलेसियाली सरकारले पनि दक्षिण चीन सागरमा समुद्री सुविधाहरू सम्बन्धी चीनको दाबीलाई अन्तर्राष्ट्रिय कानुन अन्तर्गतको कुनै आधार नभएको मान्दछ,” उनले थपे ।
अमेरिकाले पनि चीनको चर्को विरोध गरेको छ । एसियाली देशविरूद्ध आक्रामकरुपमा प्रस्तुत भएको बेइजिङको दक्षिण चीन सागरमा गरेको दाबीलाई अमेरिकाले बदमासी भएको बताएको छ । -पब्लिक न्युज एजेन्सी 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK