×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिरासतमै १९ वर्षिय युवकको ज्यान गएपछि…..”जस्टिस फर रोशन” भन्दै धनगढीमा प्रदर्शन ! (फोटो-कथा)

PRIME CA

हिरासतमै १९ वर्षिय युवकको ज्यान गएपछि…..”जस्टिस फर रोशन” भन्दै धनगढीमा प्रदर्शन ! (फोटो-कथा)

अर्थ सरोकार

२८ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
धनगढी । प्रहरीकै हिरासतमा १९ वर्षिय युवक मृत अवस्थामा फेला परेपछि धनगढीमा प्रशासनको विरुद्धमा प्रदर्शन गरिएको छ । शुक्रबार प्रहरी हिरासतमा मृत्यु भएका युवकको हत्या गरिएको भन्दै आफन्तले विरोध गरेका छन् । 
चोरी मुद्धामा भदौ २२ गते पक्राउ परेका धनगढीका १९ वर्षिय रोशन बिक हिरासतमै मृत अवस्थामा भेटिएपछि प्रहरीले आत्महत्या गरेको जानकारी दिएको थियो । तर शवको प्रकृति हेर्दा आत्महत्या नभएर हत्या नै भएको भन्दै न्यायका लागि प्रदर्शन गरिएको हो । यद्यपी घटनाको छानबिन गर्न प्रहरी उपरीक्षकको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ । प्रदर्शनमा उत्रिएका उनिहरुले जस्टिर फर रोशन, हिरासतमा ज्यान कसरी गयो प्रशासनको लापरवाही बन्द गर लगाएतको प्लेकार्ड सहित नारा लगाएका थिए । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः










Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: