×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दिवंगत भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीकाे नेपालमा स्मरण

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

दिवंगत भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीकाे नेपालमा स्मरण

३१ भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपालका पूर्वराष्ट्रपति रामवरण यादवले हालै दिवंगत भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीकाे नेपालमा शान्ति स्थापना गराउन ठुलाे हात रहेकाे स्मरण गरेका छन् । उनले मुखर्जीलाइ ‘नेपालका अद्वितीय हितैषी’ भन्दै नेपालमा गणतन्त्र स्थापनामा मुखर्जीको ठूलो नैतिक समर्थन रहेको समेत स्ममरण गराए ।
मुखर्जीप्रति श्रद्धाञ्जली अर्पण गर्न र नेपालसँगको सम्पर्क स्मरण गर्न आयोजित भर्चुअल समारोहमा पूर्वराष्ट्रपति यादवले ‘मुखर्जी छिमेकी राष्ट्र भारतका उच्च कदका सपुत’ रहेको बताए । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले स्वर्गीय मुखर्जीलाई नेपालको हरेक लोकतान्त्रिक आन्दोलनका सहयोगी भन्दै उहाँको नेपालका हरेक नेतासँग भावनात्मक सम्बन्ध रहेको बताए । अर्का पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि नेपाल र नेपालीका हितैषी भारतीय राजनेताका रूपमा मुखर्जीलाई चिनाएका थिए ।
पूर्वपरराष्ट्रमन्त्री एवं समाजवादी पार्टीका नेता उपेन्द्र यादवले भारतका पूर्वराष्ट्रपति मुखर्जीलाई ‘स्पष्टवक्ता र दूरदृष्टि भएका राजनेता’ का रूपमा स्मरण गरे । ‘उहाँ नेपाल–भारत द्विदेशीय सम्बन्धलाई अत्यन्त महत्त्वका साथ हेर्ने एक राजनेता हुनुहुन्थ्यो,’ यादवले भने ।
नेपाली कांग्रेसका नेता शेखर कोइराला, प्रदीप गिरी र विमलेन्द्र निधिले ‘नेपालमा लोकतन्त्र र शान्ति स्थापनाको पक्षमा मुखर्जीले दिएको साथ–सहयोग स्मरणीय रहेको’ बताएका थिए । नेता कोइरालाले राजनीतिक स्थायित्वका लागि भएको १२ बुँदे सम्झौतामा मुखर्जीले गरेको सहयोगबारेमा उहाँ आफैंले धेरै पटक बोल्नुभएको भन्दै स्मरण गरेका थिए ।
पूर्वराजदूत विजयकान्त कर्णले संयोजन गरेका भर्चुअल श्रद्धाञ्जली समारोहमा भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीकी छोरी शर्मिष्ठा, नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा र साउथ एसिया फाउन्डेसनका राहुल बर्माले मुखर्जीको निधनप्रति नेपाल र नेपालीले देखाएको समवेदना भावप्रति कृतज्ञता जनाएका थिए । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: