
रौतहट । रौतहटमा पुजारी श्रीराम साहको हत्या आर्थिक लेनदेनका कारण भएको भन्ने प्रहरी प्रतिवेदन झूठ रहेको कुरा पीड़ित परिवारका सदस्यहरूले बताएका छन् । उनको घरपरिवारका संग उल्टै प्रहरीले प्रश्न गरेका छन, ‘पुजारी श्रीराम साह जो भिक्षा मागेर आफ्नो जीवन चलाइरहेका थिए, कसरी अरुलाई कर्जा दिन सक्यो ?’ उनका परिवारले यो सरासर गलत हो, वहाँले क़सैलाई क़र्ज़ा-पैचाे नदिएकाे बताए । यसमा पुनः छानबिन होस भन्ने पीडित परिवारकाे माग रहेकाे छ।
त्यस्तै २ दिन अघि पुजारीको हत्यारालाई बचाउन षड्यन्त्र गरेको आरोप लगाउदै स्थानीयले प्रदेश नम्बर २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतको कार्यक्रममा कालो झण्डा देखाएर विरोध गरेका थिए। ‘पुजारी श्रीराम साह जिन्दावाद ! हत्याराहरु मुर्दावाद !, हत्यारा लुकाउने नेता चाहिदैन ! पीडितलाई जिस्क्याउन पाउदैन, पुजारी श्रीराम साहको हत्यारा बचाउने षड्यन्त्र बन्द गर !’ जस्ता नारा लगाउदै स्थानीयले प्रदर्शनसंगै मुख्यमन्त्रीको कार्यक्रम अवरुद्ध गरेका थिए।
भदौ ३ गते बेलुका खाना खाइरहेको बेला कन्चटमा गोली हानेर पुजारी श्रीराम साहको हत्या गरिएको थियो । आफ्नो नीजि जीवनप्रतिको स्वार्थ परित्याग गरी सन्त बनेर समाजिक जीवन बिताइरहेका पुजारीको हत्या भएको भन्दै खेसरहियावासीसहित रौतहटका आम नागरिकले निष्पक्ष छानबिनको माग गर्दै आएका छन् । -पब्लिक न्युज एजेन्सी
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्