
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले १६ हजार ५ सय १० कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । संस्थाका ३ जना संस्थापकहरूले आफ्नो सेयर बिक्री गर्न लागेको हो। संस्थाका संस्थापक सेयरधनी कमला न्यौपानेले २ हजार ३ सय ३२ कित्ता, निरन्जन ज्ञवालीले ६ हजार ७ सय १५ कित्ता र केशव प्रसाद भण्डारीले ७ हजार ४ सय ६३ कित्ता सेयर बिक्री गर्न लागेको हो।
बैंकले जारी गरेको संस्थापक सेयरमा खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएकाे मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर निवेदन दिनुपर्ने छ । तोकिएको समयभित्र आवश्यक अनुसार आवेदन नआएमा उक्त सेयर लगानी गर्न चाहने अन्य नयाँ व्यक्ति तथा संस्थाहरुलाई बिक्री गरिनेछ।
उक्त शेयर एनआईसी एशिया क्यापिटल तथा संस्थाको कार्यालय कालिकानगर बुटवलमा आइपुग्ने गरी आवेदन दिनुपर्ने संस्थाले जनाएको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्