×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सम्वृद्धि फाइनान्स र डक्टर्स अल कल बीच सम्झौता, फाइनान्सका कर्मचारी र ग्राहकलाई उपचारमा विशेष छुट

GLOBAL IME BANK

सम्वृद्धि फाइनान्स र डक्टर्स अल कल बीच सम्झौता, फाइनान्सका कर्मचारी र ग्राहकलाई उपचारमा विशेष छुट

२५ भाद्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं। सम्वृद्धि फाइनान्स लिमिटेड र डक्टर्स अल कल प्रा.लि.बीच सम्झौता भएको छ । फाइनान्सका ग्राहकहरुले डाक्टर अन कलमार्फत विशेष छुटसहित घरमै उपचार गराउन सक्ने गरी सम्झौता गरिएको छ । जसअनुसार फिजियोथेरापीमा फाइनान्सका कर्मचारी तथा संस्थापकहरूले ३० प्रतिशत छुट र ग्राहक तथा कर्मचारीका परिवारले २० प्रतिशत छुट प्राप्त गर्नेछन् । 
यस्तै नर्सिङ्ग केयरमा कर्मचारी तथा संस्थापकहरूले २० प्रतिशत छुट र ग्राहक तथा कर्मचारीका परिवारले १५ प्रतिशत छुट प्राप्त गर्नेछन् । ल्याबराेटरी टेष्टमा कर्मचारी तथा संस्थापकहरूले २० प्रतिशत छुट र ग्राहक तथा कर्मचारीका परिवारले १५ प्रतिशत छुट पाउँनेछन् ।
डाइटिसियन सेवामा कर्मचारी तथा संस्थापकहरूले ३० प्रतिशत छुट र ग्राहक तथा कर्मचारीका परिवारले २० प्रतिशत छुट भने ड्रेसिङ्ग तथा इन्जेक्सन सेवामा कर्मचारी तथा संस्थापकहरूले १५ प्रतिशत छुट र ग्राहक तथा कर्मचारीका परिवारले १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: