×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा बैंकको नयाँ शाखा ताप्लेजुङ्ग र कोहलपुरमा, शाखा सञ्जाल कति पुग्यो ?

GLOBAL IME BANK

सानिमा बैंकको नयाँ शाखा ताप्लेजुङ्ग र कोहलपुरमा, शाखा सञ्जाल कति पुग्यो ?

१ आश्विन २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडाैं । सानिमा बैंकले ताप्लेजुङ्ग र कोहलपुरमा आफ्नो ८१ औं र ८२ औं शाखा कार्यालय स्थापना गरीे बैंकिङ्ग सेवा विस्तार गरेको छ ।
ताप्लेजुङ्ग जिल्ला, फुङलिङ्ग नगरपालिका–५ स्थित ताप्लेजुङ्ग शाखाको समुद्घाटन फुङलिङ्ग नगरपालिकाका मेयर क्षेत्रपति प्याकुरेल र ताप्लेजुङ्ग जिल्लाका प्रमुख जिल्ला अधिकारी जरेन्द्र चापागाईंले संयुक्त रुपमा गरेका थिए ।
यस्तै बाँके जिल्ला, कोहलपुर नगरपालिका–११ एन.टि.भि. रोडस्थित कोहलपुर शाखाको समुद्घाटन कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर राउत र कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारीले संयुक्त रुपमा गरेका थिए ।
यी शाखाहरु संचालनमा आएसँगै सो क्षेत्रका बासिन्दाहरुलाई गुणस्तरीय बैंकिङ्ग सेवामा सहज पहुँच हुने विश्वास आफुहरुले लिएकाे बैंकले जनाएकाे छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: