
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । राष्ट्रिय वन सखाप पारेको आरोपमा डिभिजन वन कार्यालय राप्तीले जिल्ला अदालतमा मुद्धा दायर गरेको सिमेन्ट उद्योग ऋद्धिसिद्धि सिमेन्टका मालिकलाई सरकारले उल्टै पदक दिएको छ । सरकारले पाँचौं संबिधान दिवसका अवसरमा यसरी राष्ट्रिय वन सखाप पारेको मुद्धा खेपिरहेको कम्पनीका मालिकलाई विभुषित गरेको हो ।शंकर ग्रुपका अध्यक्षसमेत रहेका ऋद्धिसिद्धि सिमेन्टका मालिक शंकरलाल अग्रवाल(गोल्यान) प्रबल जनसेवा श्री(चतुर्थ)बाट विभूषित भएका हुन् ।
मकवानपुरको रक्सिराङ गाउँपालिकामा रहेको रिद्धिसिद्धि सिमेन्ट उद्योगले गैरकानुनी रुपमा राष्ट्रिय वन क्षेत्रमा डोजर चलाएर ३ सयभन्दा बढी बोट बिरुवा नष्ट गरी राष्ट्रिय वन सखाप पारेको भन्दै कम्पनीविरुद्ध मुद्धा दायर भएको हो । इआइए प्रतिबेदन स्वीकृत बिनै राष्ट्रिय वन क्षेत्रमा डोजर चलाएको र यसले थुप्रै बोट बिरुवामा क्षति पुगेको कम्पनीमाथि दर्ता भएको मुद्धाको अभियोग पत्रमा उल्लेख छ । ३११ वटा बोट-विरुवा नष्ट गरेको अभियोगमा ४ लाख ६६ हजार २ सय ८६ रुपैयाँ ५० पैसा विगो दाबी माग गर्दै कम्पनीविरुद्ध मुद्धा दायर गरिएको हो । सिमेन्ट उद्योगले २.२८ हेक्टर राष्ट्रिय वन क्षेत्र अतिक्रमण गरेकोसमेत मुद्धाको अभियोगपत्रमा उल्लेख छ।
पछिल्लो समय योगदानमा आधारित रहेर भन्दा पनि पहुँचका आधारमा सरकारी ढुकुटी मासेर पदकहरु दिन थालिएको भन्दै चौतर्फी आलोचना भइरहेको छ । जथाभावी व्यक्तिहरुलाई पदक दिएको भन्दै केहिले सो पदक बहिष्कारसमेत गरेका छन् ।
https://arthasarokar.com/2020/09/Riddhi-Siddhi-Cement-1.html
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्