×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सांग्रिला डेभलपमेन्ट बैंकले गर्यो ग्रिन पिन सेवा सुरु, यस्ता छन् सुविधाहरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सांग्रिला डेभलपमेन्ट बैंकले गर्यो ग्रिन पिन सेवा सुरु, यस्ता छन् सुविधाहरु

Artha Sarokar

५ आश्विन २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकहरुका लागि ग्रिन पिन सेवा सञ्चालनमा ल्याएको छ । डिजिटल बैंकिङ्ग सेवालाई थप मजबुत गर्दै बैकले उक्त सेवा सञ्चालनमा ल्याएको हो ।
यस सेवा अन्तर्गत ग्राहकले बैंकबाट डेबिट कार्ड लिदा पिनको जानकारी आफ्नो मोबाईलमा पाउन सकिने छ । यसबाट कागजबाट लिईने पिन लिन ग्राहकहरु बैंक आई राख्नु नपर्ने र सजिलै आफ्नो मोबाईलबाट डेबिट कार्डको पिन पाउन सकिने बैंकले जनाएको छ ।
ग्राहकले आफ्नो नयाँ कार्ड कुनै पनि सांग्रिला डेभलपमेन्ट बैंकको एटीएममा हाल्ने बित्तिकै बैंकमा दर्ता गरेको मोबाईल नम्बरमा एसएमएस मार्फत ग्रीन पिन प्राप्त गर्न सकिने छ । सम्बन्धित व्यक्तिको मोबाईल नम्बरमै पिन जाने हुँदा यो सेवा पहिले भन्दा अझै सुरक्षित हुने विश्वास बैंकले लिएको छ । बैंकका विभिन्न शाखाहरुबाट यो सेवा उपयोग गर्न सकिने छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी