Skip to content
LAXMI SUNRISE BANK

सांग्रिलाका ऋणीलाई ब्याजमा छुट, असोज मसान्तसम्मको ब्याज रकममा १२ प्रतिशत छुट पाइने

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ब्याज रकममा छुट दिने भएको छ । बैंकले कोभिड–१९ को महामारीबाट ग्राहकलाई परेको असरको मूल्यांकन गर्दै असोज मसान्तसम्मको ब्याज रकममा १२ प्रतिशत छुट योजना ल्याएको हो ।
बैंकका ऋणीले असोज मसान्तसम्ममा चुक्ता भुक्तान गर्न बाँकी रहेको सम्पूर्ण साँवा र ब्याज रकम असोज मसान्तसम्म भुक्तानी गरेमा भुक्तानी गरिएको ब्याजमा १२ प्रतिशत सहुलियत स्वरूप छुट हुने जारी विज्ञप्तिमा उल्लेख छ। उक्त छुट सेयर कर्जा, मुद्दती निक्षेप धितोमा दिइएको कर्जा, तथा लघुवित्त बित्तीय संस्था लिमिटेडको नाममा दिइएको थोक कर्जामा लागू नहुने बैंकले जनाएको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK