
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं। सिद्धार्थ बैंकले ३० लाख कित्ता ऋणपत्र जारी गर्ने भएको छ । बैंकले उक्त ऋणपत्र जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ । बैंकले प्रति कित्ता १ हजार अंकित मूल्यमा ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न अनुमति प्रदान गरेको हो । बैंकले जारी गर्ने ऋणपत्रमध्ये १२ लाख कित्ता सर्वसाधारणका लागि र बाँकी १८ लाख कित्ता भने आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।
बैंकले ७ वर्ष अवधिको ‘सिद्धार्थ बैंक डिबेन्चर २०८४’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यस ऋणपत्रमा वार्षिक ८.५% ब्याजदर पाइनेछ । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यपिटलले गर्नेछ । नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि अब बिक्री प्रक्रिया अघि बढ्नेछ । सिद्धार्थले यो ऋणपत्र निष्कासनका लागि रेटिङ सम्पन्न गरीसकेको छ । इक्रा नेपालले यो ऋणपत्रलाई न्यून जोखिम जनाउने ‘इक्रा एनपी एलए’ रेटिङ दिएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्