×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ बैंकको ग्रीनपिन प्रविधि प्रयोगमा, बैंकका ग्राहकले कार्डको पिन अब माेबाइलबाट नै निर्धारण गर्न सक्ने

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सिद्धार्थ बैंकको ग्रीनपिन प्रविधि प्रयोगमा, बैंकका ग्राहकले कार्डको पिन अब माेबाइलबाट नै निर्धारण गर्न सक्ने

१६ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडाैं । सिदार्थ बैंकले भाद्र १५ गतेदेखि बैंकिङ्ग सेवा अझ बढी प्रभावकारी एवं वातावरण मैत्री बनाउने उद्देश्यले कार्डको पिन कोड प्राप्त गर्नका लागि ग्रीन पिन सेवा सुचारु गरेकोे छ । यस सुविधा संचालन पश्चात् बैंकका ग्राहकहरुले डेबिट र क्रेडिट कार्डको ग्रीन पिन सोझै आफ्नो मोबाईल नम्बरमा प्राप्त गरी कार्डको पिन निर्धारण गर्न सक्नेछन् ।
ग्राहकहरुले आफ्नो नयाँ कार्डको पिन सिदार्थ बैंकको कुनै पनि एटिएम वा एनइपिएस सदस्य रहेका केहि बैंकहरुको एटिएमबाट निर्धारण गर्न सक्नेछन् । यसरी पिन निर्धारण गर्न एटिएममा कार्ड राखेपछि ग्राहकहरुलाई बैंकमा रजिष्टर्ड आफ्नो मोबाईल नम्बरमा एसएमएस मार्फत ग्रीन पिन आउने छ । प्राप्त ग्रीन पिन ग्राहकहरुले एटिएममा राखी आफ्नोे नयाँ पिन नम्बर निर्धारण गर्न सक्नेछन् । पिन सफलतापूर्वक परिवर्तन भएपछि, कार्ड सक्रिय हुनेछ र यस पश्चात् ग्राहकहरुले आफ्नो कार्ड एटिएम, पिओएस मेसिन तथा अनलाईन कारोबारमा सजिलै प्रयोग गर्न सक्नुका साथसाथै अन्य बैंकका एटिएमहरुमा पनि बिना कुनै अतिरिक्त शुल्क प्रयोग गर्न सक्नेछन् ।
बैंकले यस सुविधाले ग्राहकहरुलाई सहज सेवा उपलब्ध हुने, कार्ड वितरण र सक्रिय प्रक्रियामा लाग्ने समयको बचत हुने र केहि हद सम्म भएपनि कागजको प्रयोग कम गरी वातावरण मैत्री बैंकिङ्ग सेवा उपलब्ध हुने जनाएकाे छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: